काठमाडौं । शिशु जन्मिएदेखि ६ महिनासम्म आमाको दूध मात्रै खुवाइन्छ । शिशुको उमेर ५९६ महिना पुगेपछि दूधसँगै पूरक खाना पनि खुवाउन थालिन्छ ।
६ महिनासम्म बच्चाको पाचन प्रणाली कमजोर हुन्छ भने ६ महिनापछि बिस्तारै पाचन प्रणाली बलियो हुँदै जान्छ । त्यसैले ६ महिनापछि बालबालिकालाई दिइने पूरक खाना सजिलै पच्ने खालको हुुनुपर्छ । थप खाना खुवाउँदा बालबालिकाको उमेर, पटक, मात्रा, बाक्लोपन, सरसफाई र सक्रियता समेतमा ध्यान दिनु पर्छ ।
खानेकुराका सात समूह मध्ये कमतीमा ४ समूहका खानेकुरालाई बच्चाको दैनिक मेन्युमा सामेल गराउनुपर्छ। साथै स्तनपानलाई निरन्तरता दिइराख्नुपर्छ। धेरै खुवाएर मात्र बच्चा स्वस्थ हुदैन, स्मार्ट र वैज्ञानिक तरीकाले खुवाउन आवश्यक हुन्छ।
१.अन्न र जमीन मुनि फलने जातका तरकारी (आलु, सकरखंड, पिंडालु, तरुल, मूला)
२. गेड़ागुडी र बदाम समूहका खानेकुरा ( बदाम, आलमंड, काजू, ओखर आदी)
३. मासु, माछा, चिकेन, अंगहरु ( कलेजो, मुटु, गिदी)
४. अंडा
५. दुध र दुग्ध पदार्थ (दही, चीज)
६. भिटामनि ए ले भरीपूर्ण सागपात, हरियो तरकारी र पहेला फलफूल र सब्जी जस्तै आप, मेवा, फर्सी, अम्बा, सुन्तला, गाजर, टमाटर, डल्ले खुर्सानी आदी।
७. मौसम अनुसार उपलब्ध फलफुल र तरकारी ( हरियो साग, पहेलो सब्जी फलफूल बाहेकका अन्य)