काठमाडौं । मानिस शारीरिक र मानसिकरूपमा तन्दुरुस्त हुन अत्यान्तै आवश्यक पर्छ । स्मरण शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा सबैको हुन्छ तर पनि सबैको सम्झिने क्षमता एकैनासको हुँदैन । हामी कहिले काहीँ आफैंले राखेको वस्तु बिर्सेर हैरान बन्छौं ।
अझ उमेरसँगै स्मरणशक्ति पनि घट्दै जान्छ । स्मरण शक्ति बढाउने त्यस्तो कुनै औषधि बनेको छैन । त्यसैले स्मरणशक्ति विकासका लागि हाम्रो जीवनशैली, खानपानको खास भूमिका हुन्छ । जब शारीरिक स्वास्थ्य ठीक हुन्छ, शरीर चुस्त र तन्दुरुस्त हुन्छ र स्मरण शक्ति पनि तेज बन्छ।
ओखर
मस्तिष्क आकारको ओखमा ओमेगा ३ फ्याटी एसिड अत्याधिक मात्रामा पाइन्छ । ओमेगा ३ का कारण मस्तिष्कमा सुचनाको आदानप्रदान राम्रोसँग हुन्छ । जसका कारण ओख्खर खानाले मस्तिष्क तेजिलो हुन्छ ।
माछा
मानिसको मस्तिष्कको करिब ६० प्रतिशत भाग बोसोले बनेको हुन्छ । त्यसैले मस्तिष्कलाई सक्रिय बनाउन पनि फैटी एसिडको आवश्यक्ता पर्छ । माछामा ओमेगाा ३ फ्याटी एसिड भरपूर मात्रामा पाइन्छ, जसले मस्तिष्क तेजिलो बनाउँछ ।
गोलभेडा
एन्टीअक्सिडेन्ट तथा लाइकोपिनले भरपूर गोलभेडाले मस्तिष्कको शक्ति बढाउँछ । फ्री रेडिकलले मस्तिष्कलाई हानी पु¥याउँछ ।द ैनिक गोलभेडाको सेवनले फ्री रेडिकलको समस्या हटेर जान्छ । जुनसुकै ठाउँमा पाइने गोलभेडालाई तरकारी, सलाद तथा अचारमा पनि प्रयोग गर्न सकिन्छ ।
ग्रीन टी
एन्टीअक्सिडेन्ट तत्वले भरपूर ग्रीन टीले सम्झना शक्ति बढाउन मद्दत गर्छ । यसमा पोलिफिनोल तत्व पाइन्छ, जसले स्मरण शक्ति अझै बढाउँछ । दैनिक दुई कप ग्रीन टी नियमित सेवनले स्मरण शक्ति बढाउँन निकै मत गर्छ ।