भन्टा हेर्दा जति आकर्षक देखिनछ खादा पनि त्यतिकै स्वादिलो र स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यो खानको लागी पनि निकै स्वादिलो हुन्छ । यसलाई हामी तरकारी को रुपमा वा कहिलेकाँही अचारको रुपमा पनि खाने गर्छौं । भन्टा जति स्वादिलो छ । यसमा पाइने पौष्टिक तत्वहरु हाम्रो स्वास्थ्यको लागी त्योभन्दा बढी लाभदायक छ । यसले हामीलाई स्वास्थ्य राख्न निकै मद्धत गर्छ ।
भन्टाले हामीलाई पुर्याउने फाइदाहरु यस्ता छन्
१. पाचनप्रक्रियामा सहयोग गर्छ : यसमा पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसबाट कब्जियत रोकथाम हुनुकासाथै कोलोन क्यान्सरको सम्भावनालाई पर राख्छ ।
२ . मुटुरोग लाग्नबाट बचाउँछ : भन्टाको नियमित सेवनले कोलेस्टेरोलको तहलाई घटाउन सहयोग गर्छ ।
यसका साथै रक्तचापलाई स्थिर गर्न मद्धत गर्ने भएकाले मुटुको रोग लाग्ने सम्भावनाकम गर्छ । यसमापाइने पोटासियमका कारण शरीरलाई हाइड्रेट राख्छ ।
३. दिमागलाई स्वस्थ राख्छ : भन्टामा पाइने फाइटोन्युट्रियन्टका कारण दिमागको सेल मेम्ब्रेनलाई हुने सम्भावित क्षतिबाट बचाउछ र सन्देशलाई एक ठाउबाट अर्को ठाउमा पु¥याउन सहयोग गर्छ । यसबाट स्मरण क्षमतामापनि वृद्धि हुन्छ ।
४. आइरनको उत्पादनमा सहयोग गर्छ : हाम्रो दैनिकजीवनलाई सहजपार्न शरीरमा आइरनको तत्व पनि आवश्यक हुन्छ ।
चाहिनेभन्दा बढी आइरन पनि शरीरलाई हानिकारक हुन्छ । भन्टामा पाइने नासुनिन तत्वले शरीरबाट अनावश्यक आइरन हटाउन मद्धत गर्छ । यसले हृदयाघातको खतरा पनि घटाउछ ।
५. तौल नियन्त्रण गर्न पनि मद्धत गर्छ : यसमा पानीको तत्व बढी हुनाले यसबाट क्यालोरीपनिकम प्राप्त हुन्छ । यहीकारण यो सबैभन्दा उत्कृष्ट खाद्यपदार्थ भएको छ । यसैले भन्टाको नियमित सेवनले तौल नियन्त्रण गर्नपनि सहयोग गर्छ ।
६. मधुमेह नियन्त्रणमा राख्छ : भन्टा फाइबरको महत्वपूर्ण स्रोत भएकाले ब्लड सुगरलाई नियमित राख्न र ग्लुकोजलाई नियन्त्रण राख्न मद्धत गर्छ । यसले गर्दा टाइप टु डाइबिटिज लाग्नबाट बचाउँछ ।
७. दीर्घरोगबाट बचाउँछ : भन्टाको नियमित सेवनले मुटुको रोग र स्ट्रोक हुने सम्भावनालाई कम गर्छ ।
८. धूमपान हटाउन सहयोग गर्छ : भन्टामा थोरै मात्रामा निकोटिन हुन्छ । जसले बिस्तारै धूमपान हटाउन सहयोगी भूमिका खेल्छ ।
९. एन्टी ब्याक्टेरियल हुन्छ : यो भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ, जुन एन्टीभाइरल र एन्टी ब्याक्टेरियलको प्रभावकारी स्रोत मानिन्छ