काठमाडौं । गर्मी मौसमा कडा घाम र बढेको तापक्रमका कारण धेरै पसिना आउने भएकोले धेरै मानिसमा डिहाइड्रेसनको समस्या हुन सक्छ । गर्मी भगाउनका लागि बजारमा धेरै प्रकारका पेय पदार्थहरु पाइन्छ। जुनुसुकै पेय पदार्थको सेवन स्वास्थ्यको दृष्टिले बढी हानिकारक मानिन्छ ।
यस्तो अवस्थामा शरीरलाई आवश्यक पर्ने पानीको मात्रामा स्वास्थ्यलाई फाइदा पुग्ने पेय पदार्थबाट पूर्ति गर्नुपर्ने हुन्छ । नरिवल पानी गर्मी मौसमका लागि लाभदायक र स्वस्थकर पेय पदार्थ मानिन्छ । विभिन्न समयमा गरिएका अध्ययनले नरिवल पानीले शरीरलाई फाइदा हुने बताइसकेका छन् ।
नरिवल पानीको सेवनले शरीरमा पुग्छन् यस्ता फाइदा
मुटु रोगबाट बच्न
मुटु रोगबाट बच्नका लागि गरिएको विभिन्न प्रकारको अध्ययनले नरिवल पानीको प्रयोगलाई फाइदाजनक मानेको छ । मुटु रोग लाग्ने कारक तत्वहरुमध्ये बोसो र कोलेस्ट्रोरेल घटाउनका लागि यो फाइदाजक मानिन्छ । सन् २००८ मा गरिएको एक अध्ययनले नरिवल पानीले ४५ दिनमा कोलेस्ट्रोरेलको मात्रा घटाउन सहयोगी हुने पत्ता लगाएको थियो । नरिवल पानीमा पाइने पौष्टिक तत्वले शरीरलाई स्वस्थ राख्नका लागि फाइदा हुन्छ ।
निर्जलीकरण रोक्छ
गर्मीमा स्वास्थ्यको ख्याल राख्नका लागि नरिवल पानी राम्रो विकल्प हो । नरिवल पानीमा भएका पोटासियम, सोडियम, म्याग्नेसियम,कार्बाेहाइट्ेड जस्ता तत्वहरुले शरीरलाई स्वस्थ राख्नका लागि सहयोग गर्छ ।
के मधुमेह रोगीले नरिवलको पानी पिउनुहुन्छ ?
नरिवलको पानी पिउनु मधुमेह रोगीहरुका लागि एकदमै फाइदाजनक मानिन्छ । यसले रगतमा चिनीको मात्रा नबढाउने भएकोले मधुमेह रोगीका लागि समेत यो फाइदाजनक मानिन्छ । सन् २०१५मा गरिएको एक अध्ययनले नरिवलको पानीले चिनीको मात्रा नियन्त्रण राख्न सक्ने पत्ता लगाएको थियो।
मृगौलामा पत्थरी हुने जोखिम कम हुन्छ
नरिवलको पानी पिउनाले मृगौलाको पत्थरीको जोखिम कम गर्न सकिन्छ । अध्ययनले नरिवलको पानीले मृगौला र मुत्रमार्गमा क्रिस्टलहरु टाँसिनबाट रोक्न सक्ने पत्ता लगाएको छ । यसमा पाइने पौष्टिक तत्वले मृगौलाको विषक्ता कम गर्नमा सहयोग गर्छ । जसकारण मृगौलामा पत्थरी बन्ने सम्भावनालाई घटाउन सकिन्छ ।