हामीमध्ये धेरै मानिसहरुले मलाई घाँटी किन खस खस गरिरहन्छ भनेर जिज्ञासा राख्नु भएको छ । घाँटीमा केही अड्किएको जस्तो हुने, खस खस किन हुन्छ , यसको पहिचान कसरी गर्न सकिन्छ तथा रोकथामका के के उपायहरु हुन सक्छन् भन्नेबारे जानकारी दिन गइरहेको छु ।
लामो समयको चिकित्सा शिक्षाको अनुभवमा डाक्टरसाप मेरो घाँटीमा केही अड्किएको जस्तो खसखस हुन्छ हुन्छ भन्ने समस्या भएका बिरामीहरु धेरै नै आउने गरेका छन् । व्यक्ति अनुसार यो समस्या भने फरक छ । कसैले कपाल अड्किएको जस्तो गुनासो गर्नुहुन्छ भने कसैले डल्लो अड्किएको जस्तो हुन्छ भन्नुहुन्छ । लामो समयको अध्ययन पछि हामीले त्यसलाई ग्लोबसपा्रन्जिक्स भनि पहिचान गर्न सक्छौं ।
यसका कारणहरु
पेटमा रहेका अम्लपन घाँटीमा आउने अवस्था ।
घाँटीको एलर्जी ।
मानसिक रोगीहरु डिप्रेसन, अत्यास हुने लगायतमा प्राय यस्तो समस्या देखिन्छ । मानसिक तनाव हुँदा पनि यस्तो समस्या हुन्छ । खाना निल्न गाह्रो नहुने, दुख्दा पनि नदुख्ने तर घाँटीमा केही अड्किएकोजस्तो लाग्छ । यस्तो हुँदा मनोपरामर्शको आवश्यकता पर्छ।
धेरै जस्तो बिरामीहरुले प्राय एक्लै हुँदा यो समस्या बढ्ने बताउँछन् । रोगको पहिचानका क्रममा हामीले बिरामीहरुमा ग्यास्ट्रिकको समस्या, रुघा लाग्ने समस्या, पेटमा अम्ल बन्ने समस्या भए नभएको जानकारी लिन्छौ । बिरामीहरुमा एक्लै बस्दा मनमा कुरा खेलिरहने,अत्यास लाग्ने, निराश हुने जस्ता समस्या भए नभएको हामीले पहिचान गर्छौ । यी सबै कुराहरुको पहिचान पछि मात्रै हामी उपचारको प्रक्रियामा जान्छौं ।
कतिपयलाई ग्यास्ट्रिक, एलर्जी तथा एन्जाइटीको कारणले यस्तो समस्या हुन्छ । जुन बिरामीहरुलाई लामो समयसम्म पनि यी समस्या हुन्छन् उनीहरुलाई एन्जाइटीको कारणले यस्तो भइरहेको हुन्छ ।
उपचार विधी
बिरामीमा के कारणले यस्तो समस्या भइरहेको छ, भन्ने बुझिसकेपछि ग्यास्ट्रिकको कारणले त्यस्तो भएको हो भने ग्यास्ट्रिकै औषधि गर्नुपर्ने हुन्छ । एलर्जीको कारणले यस्तो भएको भए एलर्जीकै उपचार गर्नुपर्ने हुन्छ । घाँटीमा खसखस हुने समस्या सामान्य लागे पनि यो गम्भीर रोगको लक्षण पनि हुनसक्छ । त्यसकारण हामीले घाँटीमा खसखस हुँदा सावधानी अपनाउनुपर्ने हुन्छ । खासगरी घाँटीको खसखसको समस्याबाट बच्नका लागि वातावरण र खानेकुरामा विशेष ख्याल राख्नुपर्छ । हामीले यो समस्याबाट बच्न प्रदूषित ठाउँमा धेरै नबस्ने, मद्यपान, धुम्रपानमा नियन्त्रण गर्ने, चिल्लो, पिरो धेरै नखाने गर्दा पनि केहि हदसम्म कम हुन्छ ।
यदि एन्जाइटी तथा डिप्रेसनको कारण यस्तो भएको अवस्थामा धेरै जसो मानिसलाई परामर्शले नै ठिक हुन्छ भने कतिपयलाई औषधी कै सेवन गर्नुपर्ने हुन्छ । यस्तो समस्या पटक पटक हुन सक्ने भएकोले बिरामीले उच्च मनोबल राख्ने तथा नकारात्मक कुराहरु दिमाखमा नलिने गनर््पर्छ । यस्तो गर्न नसकेको अवस्थामा यसले बिरामीलाई पटक पटक अस्पतालसम्म लैजान सक्छ ।