काठमाडौं । सुर्तीले हरेक वर्ष ८० लाख मानिसको ज्यान लिन्छ। सुर्ती छोड्ने कुरा चुनौतीपूर्ण हुनसक्छ, विशेषगरी यो महामारीले उत्पन्न गराएको थप सामाजिक र आर्थिक तनावमा त झनै चुनौतीपूर्ण हुन्छ। तर सुर्ती छोड्ने धेरै कारण छन्।
सुर्ती छोड्दाको फाइदाहरू चाँडै देखिन्छन्। धूमपान छोडेको केवल २० मिनेटपछि तपाईंको मुटुको धड्कनको दर घट्छ । १२ घण्टाभित्र तपाईंको रगतमा भएको कार्बनमोनोक्साइड स्तर घटेर सामान्य हुन्छ । २ देखि १२ हप्ताभित्र तपाईंको रक्तसञ्चारमा सुधार आउँछ र फोक्सोले गर्ने कार्य थप प्रभावकारी बन्छ।
सुर्तीले तपाईंको व्यक्तित्वमा यसरी पार्छ प्रभाव ?
१. हरेक कुरा गन्हाउँछ - तपाईंको छाला, पूरै घर, लुगा र औँलाहरू अनि सास सबैकुरा गन्हाउँछन् ।
२. सुर्तीले तपाईंको दाँत पहेँलो हुन्छ र दाँतको वरिपरि धेरै फोहर (दन्तेलेउ) बढाउँछ ।
३. धूमपान र धूँवारहित सुर्तीको सेवनले सास गन्हाउने हुन्छ ।
४. सुर्तीले तपाईंको छालामा चाउरीपन आउँछ, उमेरभन्दा चाँडै बुढो देखाउँछ । सानै उमेरबाट धूमपान गर्दा छालाको प्रोटिनमा ह्रास हुने र यसले गर्दा छालाको लचकता हराउँदै जाने, यसमा हुने भिटामिन ए कमी हुने र रगतको प्रवाहमा अवरोध आउने हुन्छ।
५. चाउरीपन ओठ र आँखा वरिपरि धेरै देखिन्छ, अनि सुर्तीले छालालाई खस्रो र सुख्खा पनि बनाउँछ।
६. धूमपानले सङ्क्रामक नहुने तर छाला चिलाउने र शरीरभरि रातो धब्बाहरू उत्पन्न गराउने रोग सोरायसिसको जोखिम बढाउँछ।