शारीरीक विकाशसंगै बोलीको पनि विकास हुने भएकाले मानिसहरुबीच भावना व्यक्त गर्ने भरपर्दो माध्यम बोली नै मानिन्छ । सामान्यतया बच्चाहरुमा १ बर्षको उमेरपछि बोली फुट्ने हुन्छ । बच्चाहरुको बोली उनका अभिभावकको संगतमा भर पर्दछ । बच्चाहरुले बोली सिक्ने उमेर ३ र ४ बर्षको उमेरसम्म रहन्छ । तर कतिपय बच्चाहरु अन्य आम बच्चा झै उमेर अनुसार बोलेनन् भने तुरुन्तै चिकित्सकको परामर्श लिनु पर्दछ ।
२ बर्ष मुनिका बच्चाको बोलीको बिकाश गर्नका लागी परिवारले निम्न अनुारका काम गर्नसक्छ :
१. 'मामा' 'बाबा' 'दादा'जस्ता शब्दहरुको आफुले उच्चारण गर्दा , बच्चाले सोही शब्द फर्काउने कोशिश गर्छ।
२. बच्चाले विभिन्न आवाजहरु निकाल्दा उ तीर हेरेर वार्तालाप गरेजस्तो गर्नुपर्छ।
३. बच्चा हास्दा, अनुहारमा भाव प्रकट गर्दा उस्तै अनुहार बनाएर देखाउनुपर्छ।
४. आफ जे गर्छौ त्यो सिकाउनुपर्छ, जस्तै ताली बजाउन, पिक अ बु खेल्न।
५. बच्चालाई नुहाउदा, खवाउदा, लुगा लगाउदा दोहोरो कुराकानी गर्नुपर्छ। के गर्दै छौ, कहा जादै छौ, के देखिन्छ,को भेटिन्छ सबै भन्नुपर्छ। रंग र आकारहरु देखाउनुपर्छ।
६. हात हल्लाउने, औंलाले देखाउने जस्ता इशाराको प्रयोग गर्नुपर्छ।
७.जनावरको आवाज़हरु निकाल्नुपर्छ, यसले बच्चालाई सो आवाज़ र जनावरसंग जोड़न मद्दत गर्छ।
८. बच्चा ले जे बोल्छ त्यसमा थप्नुपर्छ, जस्तै 'आमा' भनेमा : "आमा यहा छ,आमाले माया गर्नुहुन्छ, बाबुर नानी कता छ, यता छ"
९. बच्चालाई पढेर सुनाउनुपद्दर्छ, सबै शब्द वा चित्रको बारे सबै भनिराख्नु पर्दैन, ठुलो चित्र भएका किताब छान्नुपर्छ। यो के हो भनेर सोध्नुपर्छ, त्यस्को नाम भन्न वा इशाराले देखाउन लगाउनुपर्छ।
स्रोत: अमेरिकन स्पिच एण्ड हियरिङ एसोसिएसन