काठमाडौं । ज्वानो एक मसला हो । यसले खानामा स्वाद दिनुका साथै स्वास्थ्यको लागि पनि निकै फाइदा पुर्याउँछ । ज्वानोको फूल, फल र तेल सबै औषधीको रुपमा प्रयोग हुन्छ । यसको फूल सुँघ्दा नै टाउको दुखाई कम हुन्छ ।
ज्वानोमा प्रशस्त मात्रामा क्याल्सियम पाइन्छ । नेपालि समाजमा धेरैजसो सुत्केरी महिलालाई ज्वानो खुवाउने गरिन्छ । ज्वानो खुवाउँदा सुत्केरी महिलाको दूध प्रशस्त मात्रामा आउने र हर्मोन सन्तुलन राख्ने चिकित्सकहरु बताउँछन् ।
मौसमी रोगमा समेत ज्वानोले अनेक फाइदा पुर्याउँछ । चिसो मौसममा ज्वानो खाँदा घाँटी दुख्ने, कफ जम्ने, रुघा लाग्ने जस्ता समस्या भएमा ज्वानोको सेवन निकै लाभदायी हुन्छ ।
ज्वानोलाई झोल बनाएर दाल, तरकारी वा सागमा झानेर पनि खान सकिन्छ ।
ज्वानो, मह र भेनेगरलाई मिसाएर लगातार १०-१५ दिनसम्म खाँदा मिर्गौलाको पत्थरी ठीक हुन्छ ।
यसलाई भुटेर मनतातो पानीसँग खाँदा ग्यास्ट्रिक कम हुन्छ ।
यसले श्वासप्रश्वासमा आउने समस्यालाई समेत कम गर्न मद्धत गर्छ ।
वाकवाक लागेमा ज्वानोलाई चपाएर खाँदा आराम हुन्छ ।
नियमित ज्वानो खाँदा श्वास गन्हाउने समस्याबाट बच्न सकिन्छ ।
यसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।
ज्वानो पाइल्स रोगीका लागि पनि निकै प्रभावकारी मानिन्छ ।
यसले शरीरमा प्रवेश गर्ने हानिकारक ब्याक्टेरियालाई पनि रोक्ने काम गर्छ ।
ज्वानोको धूलोमा सखर मिसाएर विहान वेलुका तातोपानी सँग १ चम्चा सेवन गर्नाले दुई हप्तामै कम्मर दुखाईबाट राहत पाउन सकिन्छ ।
नाथ्री फुटेमा नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ ।
भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान बेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा शरीर दुख्ने रोग कम हुन्छ ।