दुध सामान्यतया हानीरहित पोषिलो पदार्थ हो भन्ने मानिन्छ । अझ भैसी भन्दा गाईको दुध जुनसुकै अवस्थामा जोसुकैले पिउँन सकिने भनेर धेरै बिरामीहरुलाई सिफारिस पनि गरिन्छ । तर दुधका पनि आफ्नै सिमाहरु छन् । दुधसँग यी खानेकुराको सेवन हानिकारक मानिन्छ ।
१. कालो दालसँग दुध
हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन, उल्टै असर गर्छ ।
२. दहीसँग दुध
दुधका साथै दही कहिल्यै पनि नपिउनुहोस् । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ ।
३. मूला, माछामासु जस्ता पदार्थसँग दुध
दुधको साथमा मूला, माछामासु जस्ता पदार्थ नलिनुहोस् । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसको प्रयोगले तपाइको छालामा समस्या देखिन सक्छ ।
माछा निकै गर्मी चीज हो तातो चिसोको एकैपटक शरीरले पचाउँन सक्दैन र सेतो दाग वा ‘फ्लेरी’ हुन शुरु गर्दछ । जसको उपचार निकै महङ्गो र दुर्लभ हुन्छ ।
४. नुन र करेलासँग दुध
दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।
५. तिलको सेवनसँग दुध
दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।
६. कागतीसँग दुध
दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।
७. सुत्नु भन्दा अघि तातो दुध
सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ ।