काठमाडौं । मानिसले कहिले काही टाउको दुख्नु एउटा समान्य हो तर लगातार टाउको दुःखी रहनु भनेको माइग्रेनको संकेत हुन सक्छ ।
माइग्रेन भन्नाले लामो समय सम्म देखिने टाउको दुख्ने रोग हो। सामान्य खालको माइग्रेनमा टाउको दुखाइ मात्र हुन्छ भने जटिल खालको माइग्रेनमा हात खुट्टाहरु नचल्ने, आँखा दुख्ने हुन्छ, हाम्रो देशका मानिसहरुमा देखिएको माइग्रेन आजसम्म सामान्य खालकै माइग्रेन हो ।
लक्षण
– माइग्रेन हुँदा लगातार टाउको दुःखी रहन्छ । एक साता वा एक महिनासम्म औषधी खाएर पनि टाउको दुखेको निको हुँदैन ।
– लामो समय टाउको एकपाटा मात्र दुःखी रहन्छ भने पनि यो पनि माइग्रेनको लक्षण हो ।
– माइग्रेन भएपछि यो रोग पूर्णरुपमा निको हुन धेरै समय लाग्छ ।
– यो रोग लागेको व्यक्तिलाइ वाकवाक हुने र कहिलेकाहीँ बान्तासमेत हुने, हात खुट्टा चिसो हुने, कहिलेकाहीँ एकैपटक बेजोडसँग २४ घण्टासम्म टाउको दुख्ने गर्दछ ।
– यस रोग लागेका व्यक्ती धेरै हो–हल्ला, चर्को आवाज सुन्न, सहन गर्न नक्ने एकान्त र शान्त ठाउँमा बस्न मन पराउने हुन्छन् ।
– धेरै तनाव लिने र रातमा निद्रा नलाग्ने ।
खान नहुने कुरा:
माइग्रेन सबैलाई एउटै कारणले दुख्छ भन्ने छैन । कसैलाई दही खाँदा दुख्न सक्छ भने कसैलाई चिसो पेयपदार्थ खाँदा दुख्छ । त्यसैले माइग्रेन हुने व्यक्तिले आफूलाई जे खाँदा टाउको दुख्छ, त्यो कुरा खानु भएन । मुख्य गरी मही, चिसो पेयपदार्थ, गुन्द्रुक, साँधेको अचार, कफी नखाँदा नै राम्रो हुन्छ ।
यस्तै धेरैबेर भोकै नबस्ने, घामबाट जोगिने, होहल्लामा नबस्ने, तनाव कम लिने गर्नाले माइग्रेन कम हुन्छ । माइग्रेनलाई कम गर्ने हो भने खाने, बस्ने, सुत्ने जीवनका हरेक गतिविधिको ख्याल गर्नुपर्ने हुन्छ ।
उपचार
– यदि मानिसलाई लामो समय सम्म टाउको दुःखी रहेमा एमआराई, टाउकोको सिटिस्क्यान गर्नुपर्ने हुन्छ र यदी माइग्रेन भएको हो भने यसको उपचार औषधी सेवन र अर्को माइग्रेन एट्याकबाट बच्न बिरामीले आफ्नो जीवनशैलीलाई सुधार गरेर ।
– यस रोगीले धेरै चकलेट, आइसक्रिम खानु हुँदैन, धुलो धुवाँबाट बच्ने र अत्याधिक घाममा नहिँड्ने ।
– यस रोगीले दैनिक रुपमा शारीरिक व्यायाम गर्ने यसका लागि दैनिक आधा घण्टा हिँड्ने, जाड रक्सी चुरोट सेवन नगर्ने ।
– यस रोगीले तनाव कम लिने रातमा पुरा निद्रा सुत्ने ।
माइग्रेनका बिरामीले ध्यान दिनु पर्ने कुराहरु:
-तनाव माइग्रेनको महत्वपूर्ण कारण हो, सकारात्मक सोचको विकास गर्नुपर्छ,
-चिन्तालाई मनबाट हटाउने, मनमा धेरै कुरा नखेलाउने,
-अनिद्राले माइग्रेनलाई असर पु¥याउँछ , एउटै समयमा सुत्ने बानी बसाउने,
-म्याग्नेसियम र हरियो सागपातको बढी प्रयोग गर्नुपर्छ,
-पानी प्रशस्त पिउने,
-घाममा धेरै बेर नबस्ने, यदि घाममा हिंड्नुपरे छाता प्रयोग गर्ने,
-नियमित शारिरिक ब्यायाम गर्ने,
-केश रंगाउँदा वा केशमा पुरानो मेथी र तेल लगाउँदा दुख्न सक्छ, ख्याल गर्ने,
-औषधि प्रयोग गर्नुपूर्व यसको परिणामबारे पनि चिकित्सकसँग परामर्श गर्ने ।