एजेन्सी । यस्तो खानेकुराको सेवनले बनाउँछ फोक्सो बलियो प्रदूषण, कारखाना र भान्छाको नियमित काम, चुरोट सेवनलगायत कारणले फोक्सोमा धुवाँले दाग लगाउने र त्यही कालान्तरमा क्यान्सरको कारण बन्ने जोखिम रहन्छ ।
यदि धुवाँधुलोका कारण आफ्नो फोक्सो कमजोर भइरहेकोजस्तो लागेको छ भने यसरी फोक्सोलाई स्वस्थ र बलियो राख्न सकिन्छः मकै मकैमा बेटा–क्रिप्टोजान्थिन नाम गरेको एन्टिअक्सिडेन्ट पाइन्छ । जसले फोक्सोमा क्यान्सर लाग्ने सम्भावनालाई कम गर्छ । प्याज प्याजले फोक्सोको इन्फेक्सनबाट जोगाउँछ र हत्तपत्त क्यान्सर लाग्न दिँदैन । फोक्सोमा क्यान्सर भइसकेको छ भने प्याज खानाले क्यान्सरग्रस्त कोषिकाको विकास र विस्तारको गतिलाई कम हुन्छ ।
अदुवाको चिया
फोक्सो स्वस्थ राख्न पटक पटक अदुवाबाट बनेको चिया खानु पर्छ ।कसैलाई गर्मीमा अदुवाले समस्या हुन्छ भने थोरै मात्रामा भए पनि यसको सेवन गर्नु पर्छ ।
अदुवामा पाइने तत्त्वले फोक्सो सम्म पुग्दै गर्दा हानिकारक तत्त्वलाई नष्ट गर्छ ।अदुवाको दैनिक सेवनले फोक्सो सम्म हानिकारक कीटाणु पुग्न सक्दैन ।
गाजर
आफ्नो फोक्सो स्वस्थ राख्न सलादमा गाजर समावेश गर्नु जरुरी छ ।कम्तीमा पनि हप्तामा एक पटक गाजर सेवन अनिवार्य छ ।
गाजरमा हुने भिटामिन सी र एक फोक्सोका लागि लाभदायक हुन्छ ।ताजा गाजर खानाले श्वास प्रश्वास सम्बन्धी समस्या समेत कम भएर जान्छ ।
अनार
डाक्टर फोक्सोका बिमारीलाई अनार खान सल्ला दिन्छन् ।फोक्सोको क्यान्सरका बिरामीलाई फोक्सोको सफाइका लागि चिकित्सक अनार खानु पर्ने बताउँछन् ।अनारले फोक्सोमा भएको दूषित पदार्थलाई कम गर्छ।
त्यसैले जुस बनाएर एक गिलास जुस या छोडाएर दाना खानु पर्छ ।फोक्सो त बलियो बनाउँछ नै श्वासप्रश्वास सम्बन्धी समस्या समेत कम गर्छ ।
लसुन
फोक्सोसँग सम्बन्धित समस्या नहोस् भन्ने चाहना छ भने खानामा लसुन समावेश गर्न जरुरी छ ।लसुनको सेवनले फोक्सो बलियो हुन्छ ।
साथै यसमा एन्टी फंगल तथा एन्टी अक्सिडेन्टल तत्त्व भएको हुँदा रोग प्रतिरोध क्षमता समेत वृद्धि गराउँछ ।दिनको एउटा लसुन खाने गरेमा यसले फोक्सो सफा गर्न मद्दत गर्छ ।