काठमाडौं । शरीरलाई स्वस्थ्य राख्नको लागि स्वास्थ्य खानपानसँगै निन्द्रा पनि महत्वपूर्ण हुन्छ । अनिदोका कारण मानिस स्वास्थ्य रहन सक्दैनन् । कम सुत्नुका कारण गुम्सावट, टेन्सन र चिडचिडापनजस्ता समस्या देखिन सक्छ ।
साथै कम निन्द्राको कारणले मानसिक तनाव जस्ता समस्याहरु पनि देखिन सक्दछन् । जुनसुकै उमेर समुहको मानिसलाई आफ्नो उमेरको हिसावले सुत्न आवश्यक हुन्छ । समय मिलाएर सुत्दा तपाईको छाला चाडै बुढो हुदैन र तपाई लामो समयसम्म स्वस्थ र खुसी जीवन जीउन सक्नुहुन्छ ।
यदि शरीरले पर्याप्त मात्रामा आराम पाएनभने हामीले दैनिक गर्ने कामहरुमा प्रत्यक्ष रुपमा असर पर्न सक्छ । त्यसैले आफ्नो नियमित कार्यलाई सफल बनाउन आवश्यकता अनुसार निन्दा पुग्नेगरी सुत्नुपर्छ । निद्रा कम हुँदा जीवनपद्धति र स्वास्थ्यलाई समेत असर पुर्याउँछ।
२४ घण्टामा कुन उमेरका व्यक्तिले कति समय सुत्ने ?
३ महिनासम्मको नवजात शिशुले १४ देखि १७ घण्टा सुत्नुपर्छ ।
४ देखि ११ महिनाको बालबालिकाले १२ देखि १५ घण्टा सुन्तुपर्छ ।
१ देखि २ वर्षको बालबालिकाले ११ देखि १४ घण्टा सुत्नुपर्छ ।
३ देखी ५ वर्षको बालबालिकाले १० देखि १३ घण्टा सुत्नुपर्छ ।
६ देखि १३ वर्षको बालबालिकाले ९ देखि ११ घण्टा सुत्नुपर्छ ।
१४ देखि १७ वर्षको किशोर – किशोरीले ८ देखि १० घण्टा सुत्नुपर्छ ।
१८ देखि २५ वर्षका युवा युवतीले ७ देखि ९ घन्टा सुत्नु आवश्यक छ ।
२६ वर्षदेखि ६४ वर्षका वयस्यकले ७ देखि ९ घन्टा सुत्नुपर्छ ।
६५ वर्षका वृद्धवृदालाई दैनिक ७ देखि ८ घन्टा सुत्दा पर्याप्त हुन्छ ।
र गर्भवती महिला राती ८ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुत्नु पर्छ ।