यौन सम्पर्कबाट सर्ने रोगलाई यौनसम्बन्धी रोग भनिन्छ। एक भन्दा बढि पार्टनर संग असुरक्षित यौन सम्पर्कका कारण यौन रोग सर्ने गर्दछ। यौन रोग लागेको मानिसले स्वस्थ मानिससँग यौन सम्पर्क भएमा पनि यो रोग सर्दछ। यस्तै महिला या पुरुष एक जनालाई यो रोग लागेमा दुबैमा सर्ने हुन्छ।
यौन अंङगमा पिप आउने ,साना साना मुसा आउने ,यौन अंगबाट गन्हाउने तथा दही जस्तो पानी बग्ने,यौन अंगहरुमा साना साना पानी फोका जस्तो आउने जस्तो समस्याहरु यौन रोगको लक्षण हुन्छ । नेपालमा हाल वयस्क व्यक्तिहरुमा यौन रोग देखिएको छ । यौन रोग १७ – १८ वर्षमा सुरु भएर ४५ वर्षसम्मका व्यक्तिहरुमा लाग्ने गरेको पाइएको छ । यस्ता रोग भाइरस, ब्याक्टेरिया तथा फन्गसका कारण लाग्न सक्छ ।
एचआईभी एड्स यौन रोगमध्ये सबैलाई थाहा भएको रोग हो । गनोरिया, क्लामिडिया, एचआईभी एड्स, भिरिङ्गी ,जेनाइटल हर्पिज़ जस्ता विभिन्न यौनजन्य रोगहरु भएपनि सबै यौन रोगहरु उत्तिकै देखिएका भने छैनन् । वीर अस्पतालमा उपचारका लागि आउनेमा साना साना मुसा आउने ,यौन अंगबाट गन्हाउने तथा दही जस्तो पानी बग्ने,यौन अंगहरुमा साना साना फोका आउने समस्या भएका यौन रोगीहरु बढी आउने गरेको पाइन्छ ।
पछिल्लो समय भिरंगीका रोगीहरु पनि बढेका छन् । भिरंगी सामान्यतया एउटा घाउबाट सुरु भएर आफैपनि निको हुनसक्छ । घाउ निको भइसकेको अवस्थामा पनि रोग शरीरभित्र फैलिसकेको हुनसक्छ । बाहिरबाट घाउ निको भएपनि रोगको किटाणु शरीरभित्र प्रवेश गरिसकेपछि यसलाई मुख्यतया तीन भागमा विभाजन गर्न सकिन्छ ।
यसले आफ्नो असर सुरु हुन्छ लिङ बाहिर घाउ भएको नदेखिएपनि त्यसले शरीर भित्र गरेको असरबारे भने थाहा हुँदैंन । हाल वैदेशिक रोजगारीमा जाने मानिसहरको संख्या एकदमै बढेको र विदेश जानका लागि यस्ता रोगहरुको समेत परीक्षण गरिने भएकोले नेपालमा यौन रोगीहरुको संख्या बढेको देखिन्छ । बढी मात्रामा सामाजिक सञ्जालको प्रयोग र यौनलाई बढी बढावा दिने भिडियो हेर्ने बालबालिका तथा वयस्कहरुको संख्या बढ्दै गएकोले पनि यौन रोगीहरुको संख्या बढ्दै गइरहेको छ ।
यस्ता रोगलाई घटाउनका लागि नेपाल सरकारले पनि यस उमेर समुहका मानिसलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु ल्याउन आवश्यक छ । शहरमा मात्रै नभइ गाउँमा पनि यौन रोगीहरुको संख्या धेरै छ । त्यसैले सरकारको ध्यान गाउँघरमा रहेको यौन रोगीहरुतर्फ हुनु आवश्यक छ । त्यसका लागि विभिन्न प्रकारका जनचेतनाका कार्यक्रमहरु चलाउनुपर्ने हुन्छ । सरकारी तथा गैरसरकारी निकायहरुले यौन रोगबारेका विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यक छ । सरकारले रेडियो , टिभी जस्ता सञ्चार माध्यमहरुको सहयोगद्वारा जनचेतना फैलाउन आवश्यक छ ।
नेपालमा यौन रोगीहरुको संख्या कति छ भन्नेबारे हालसम्म यकिन तथ्यांक छैन । अझै पनि धेरै मानिसहरु यौन रोग लुकाएर नै बसिरहेको अवस्था छ । अझै पनि गृहिणाीहरु यौनबारे खुलेरै कुरा गर्ने हिम्मत राख्दैनन् । गृहिणीहरुमा कसरी यौन शिक्षा पु¥याउने भन्ने प्रश्नले चुनौती खडा गरेको छ ।
वैदेशिक रोजगारीमा गएका श्रीमानहरुले श्रीमतीलाई यौन रोग सारिरहेका छन् । तर यौन रोग सार्नुमा पुरुष मात्रै जिम्मेवार छ भन्ने चाहि कदापी होइन । अहिलेको समाजमा महिलाले पुरुषलाई यौन रोग सारेको उदाहरणहरु पनि धेरै छन् । श्रीमान् बाहिर गएका महिलाहरु तथा एकल महिलाहरुले पनि परपुरुषलाई यौन रोग सारिरहेका हुन्छन् । उपचारका लागि अस्पताल आउनेहरुमा भने महिलाको तुलनामा पुरुषको संख्या नै धेरै छ । यौन रोग लागेका एकदमै कम महिलाहरु मात्रै उपचारका लागि आइपुग्छन् ।
विदेशमा विद्यालय तहको शिक्षामा नै कन्डमको प्रयोगबारेको पाठ्य सामग्रीमा समावेश गरिएको छ । नेपाल सरकारले पनि यौन रोगीहरुको संख्या कम गर्नका लागि कन्डमको प्रयोगबारेको जनचेतना स्कूल तहदेखि नै दिनु आवश्यक छ ।
कन्डमको प्रयोगले ९९ प्रतिशत भन्दा बढी यौन रोगको जोखिम घटाउँछ भन्नेबारे चेतना दिनु आवश्यक छ । आफ्नो यौन पार्टनरसँग मात्रै यौन सम्पर्क गर्ने ,रोग लागेमा यौन पार्टनरको उपचार गराउने,उपचारमा कन्ट्याक्ट ट्रेसिंग ,चिकित्सकको सल्लाह अनुसार पूर्ण रुपमा औषधि सेवन,यौनकर्मीहरुलाई बेला बेला परीक्षण दिने जस्ता काम गर्न सकेको खण्डमा यौन रोगलाई घटाउन सकिन्छ । गाउँ गाउँका यौनरोगीहरु उपचारबाट वञ्चित छन्