एजेन्सी । के तपाईंको शरीरका कहिलेकाही निलो निलडाम देखिने गर्छ । विज्ञान र प्रविधिको अधिकतम विकास हुँदा पनि आजकाल मानव शरीरमा यस्तो निलडाम देखिएमा बोक्सीले टोकेको भन्ने विश्वास नेपाली समाजमा रहेको छ ।
चिकित्सकहरुका अनुसार यस्तो निलडाम आन्तरिक रक्तस्रावका कारणले देखिने गर्छ । छालाको कुनै भागमा चोट लाग्दा रक्त नलिमा क्षति पुग्न जान्छ । जसको कारण छालामा निलो दाग देखिने गर्छ । यस्तो चोटपटकले सम्बन्धित ठाउँमा रगत पनि जम्ने गर्छ । र, आसपासको कोशिकामा फैलिएर जान्छ ।
चोट लाग्दा शरीरले देखाउने एक प्रकारको प्रतिक्रिया हो यो । मेडिकल भाषामा यसलाई ‘कन्टूशन’ अर्थात भित्री चोट भनिने गरिन्छ । तर, विना चोटपटक पनि यस्तो दाग हुन सक्छ ।
यस्ता दागहरुलाई मानिसहरुले सामान्य ठानेपनि यसले भने घातक निम्त्याउन सक्ने चिकित्सकहरु बताउँछन् । आन्तरिक रक्तश्राव हुने कारण शरीरमा प्लेटलेट्सका कारण हुने गर्दछ ।
एउटा स्वस्थ व्यक्तिको शरीरमा डेढ लाख देखि ४ लाखको हाराहारीमा प्लेटलेट्स हुने गर्दछ । यदी कुनै व्यक्तिको शरीरमा प्लेटलेट्को संख्या ४० हजार भन्दा कम रहेको अवस्थामा उक्त व्यक्तिमा गम्भीर समस्या उत्पन्न हुने खतरा बढेर जाने गर्दछ ।
विशेषगरी, ३० हजार भन्दा कमको संख्यामा प्लेटलेट्स हुने व्यक्तिलाई हात, खुट्टाका साथै मस्तिष्क, पेट लगायतको भागबाट समेत आन्तरिक रक्तश्राव हुने सम्भावना अधिक हुने गर्दछ । यस्ता व्यक्तिलाई औषधीद्धारा प्लेटलेट्स बढाउने वा प्लेटलेट्स चढाउन सकिन्छ ।
यसबाहेक निम्नलिखित कारणहरुले कहिलेकाही हाम्रो शरीरमा निलडाम बस्छ
छालामा चोट
खानामा पोषक तत्वको कमी
क्यान्सर र किमोथेरापीका कारण
औषधि सेवनका कारण
वंशाणुगत रोग हिमोफिलियाका कारण
बढ्दो उमरका कारण