काठमाडौं । यौन सम्बन्धी जानकारी लिन लाज मान्ने कारणले पनि यसबारे पर्याप्त ज्ञानको अभाव भएको हो । खासगरी असुरक्षित यौन सम्पर्कका कारण यौन रोग सर्ने गर्दछ । यौन रोग लागेको मानिसले स्वस्थ मानिससँग यौन सम्पर्क भएमा पनि यो रोग सर्दछ ।
यौन सम्पर्कबाट सर्ने रोगलाई यौनसम्बन्धी रोग भनिन्छ । यौन रोगसम्बन्धी शिक्षाको अभावले गर्दा हाम्रो देशमा धेरै मानिस यस रोगबाट प्रभावित भएको पाइन्छ।
यौन समस्या भनेको व्यक्तिहरुले आफ्नो सहकर्मीबाट यौन सन्तुष्टि प्राप्त गर्न नसक्ने अवस्था हो । अर्काे शब्दमा भन्नुपर्दा, यौन सम्बन्ध स्थापित गर्ने क्रममा व्यक्तिलाई चरम सुख प्राप्त गर्नबाट रोक्ने कठिनाई एवम् अवरोधहरु नै यौन समस्या हो ।
पुरुषमा यौनजन्य समस्याहरु के कारणले देखिन्छन् ?
यौन सुख, सम्बन्ध, आत्मीयता तथा प्रजननमा असर पु¥याउने यौनजन्य जटिलताहरु व्यक्तिमा शारीरिक÷जैविक, सामाजिक एवम् मनोवैज्ञानिक आदि कारणले देखिने गर्छ । बिरामीले समस्याको मुख्य कारण थाहा पाउनका लागि परामर्शदाता अथवा सम्बन्धित चिकित्सकसँग सल्लाह सुझाव लिई आफ्नो समस्या समाधान गर्नु बढी बुद्धिमानी हुन्छ ।
शारीरिक कारणहरु
१. कम टेस्टोस्टेरोन तथा हार्माेनको गडबडी
२. दिर्घकालीन औषधिको प्रयोग
३. एथ्रोस्क्लेरोसिस (धमनीहरु कडा हुनु) जस्ता रक्तवाहिनीको गडबडी तथा उच्च रक्तचाप
४. मधुमेह अथवा शल्यक्रियाका कारण स्ट्रोक अथवा नशामा क्षति पुगेमा
५. मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टोर, हार्माेनको गडबडी अथवा मुटुरोग जस्ता स्वास्थ्य अवस्था
६. बहु– स्क्लेरासिस अथवा पार्किन्सन्स रोगजस्ता स्नायुप्रणाली विकारहरु
७. धुम्रपान, मद्यपान तथा लागुऔषधको सेवन
८. बढ्दो उमेरले पनि धेरै हदसम्म व्यक्तिको यौनेच्छा, उत्तेजना तथा प्रदर्शन क्षमतामा हृास ल्याउँछ ।
मनोवैज्ञानिक कारणहरु
१. वैवाहिक अथवा भावनात्मक समस्या
२. यौन प्रदर्शन सम्बन्धनका तनाव
३. आत्मग्लानी अथवा डिप्रेशन
४. पुर्व यौनजन्य घटनाको आघात
५. कार्यसम्बन्धि तनाव वा चिन्ता
६. आत्मविश्वासको कमी
७. पार्टनरसंगको नसुल्झिएको दरार-असमझदारी