पेट लाग्नु र मोटाउनु अस्वस्थ शरीरको सूचक हो। तर अहिले पनि कतिपय समाजमा पेट लाग्नुलाई प्रतिष्ठाको विषय मानिन्छ। मोटोपन आमा कुनै रोग होइन तर मोटाउन थालेपछि हाम्रो शरीरमा अनेकौं रोगले घर बनाउन थाल्छन्।त्यसकारण अनावश्यक मात्रामा बोसो लागेर बढेको पेट घटाउनु आवश्यक हुन्छ । यहाँ हामी खानपिनका केही टिप्सहरु दिँदैछौं जसले पेट घटाउन सहयोग गर्नेछन् ।
प्रोटीन
प्रोटीनले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउँछ । प्रोटीनको सेवन गर्दा लामो समयसम्म भोक लाग्दैन । प्रोटीनयुक्त खानेकुराहरु जस्तै चीज, मुङको दाल, पनीर, अन्डा र मिट नियमित सेवन गरौं ।
हरियो साग
अध्ययनहरुले पुष्टि गरेका छन् कि हरियो सागपातमा क्यालोरी कम हुन्छ । कम क्यालोरीले गर्दा यसको सेवनले मोटोपना बढ्दैन । हरियो सागमा भुरपुर फाइबर हुन्छ जसले गर्दा पाचन राम्रो हुन्छ । उदाहरणका लागि मुला, बन्दाकोभी आदि ।
तनाव घटाउने
तनावले हाम्रो शरीरमा धेरै प्रकारका समस्याहरु पैदा गर्छ । तनावका क्रममा निस्कने हार्मोन्सले शरीरको कर्टिसल लेभल बढाउँछ जसले गर्दा फ्याट जम्मा हुन्छ । कर्टिसल लेभल बढ्दा भोक पनि धेरै लाग्छ र पेटमा बोसो थुप्रिन्छ । त्यसैले हरेक दिन पर्याप्त निदाउनु र तनावमुक्त रहनु आवश्यक छ ।
प्रत्येक दिन १ स्याउ
स्याउ हाम्रो स्वास्थ्यका लागि एकदमै फाइदाजनक फल हो । प्रत्येक दिन एउटा स्याउको सेवन गर्दा डाक्टरबाट टाढा बस्न सकिन्छ । स्याउको बोक्रामा यूर्सोलिक एसिड पाइन्छ जसले पेटको बोसोलाई नियन्त्रण गर्छ ।
चिया पिउने
चिया जुनसुकै होस, यसले फ्याट कम गर्न मद्दत गर्छ । ग्रीन टी होस वा पिपरमिन्ट टी वा अनफर्मेन्टेड ह्वाइट टी, सबैले पेटको बोसो घटाउन सघाउँछन् ।
मनतातो पानी पिउने
हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउने गरौं । विहानै कागती पानी पिउनाले पेटको बासो कम हुन्छ । एक गिलास तातो पानीमा एउटा कागती निचोर्नुपर्छ र अलिकति नून मिलाएर पिउनुपर्छ । यसबाट चाडै मोटोपना घट्छ ।
व्यायाम
बिहानै हल्का व्यायम गरौं । अथवा साइक्लीङ वा योगा गर्दा पनि हुन्छ । यसबाट सकारात्मक भाव आउनेछ र सकारात्मक सोच्ने क्षमता बढ्छ । बिहान नियमित व्यायाम गर्दा पेटको बोसो सजिलै नियन्त्रणमा आउँछ ।
चिनीबाट टाढा
कम फ्याट भएको खाना खाने र चिनीबाट टाढा बस्ने मानिसहरु अरुभन्दा बढि फिट हुन्छन् । एक चम्चा चिनीमा १६ क्यालोरी हुन्छ । यसले सजिलै मेटाबोलिज्मबाट शरीरले उर्जा प्राप्त गर्छ । त्यसैले चिनीको सन्तुलित प्रयोगले मोटोपना बढ्दैन । तर, चिनीबाट बनेका मिठाई, जस्तै जेरी, लड्डु, आदि अत्यधिक सेवनले मोटोपना बढाउँछ ।
फाइबरयूक्त खाना
पेटमा जम्मा भएको मासु फाइबरयुक्त खानाले कम गर्छ । फाइबरयुक्त खाना खानुभयो भने लामो समयसम्म भोक लाग्दैन । यसले पेटको पाचन पनि ठिक राख्छ ।
ड्राइफ्रुट्स
ड्राइफ्रुट्सको मद्दतले २८ दिनभित्र आफ्नो वजन कम गर्न सकिन्छ । यसमा रहेको मोनोसस्यूट्रेटेड फ्याटबाट शरीरमा इन्सुलिनको स्तरमा सुधार हुन्छ र शरीरमा रहेको फ्याट बिस्तारै बिस्तारै कम हून्छ ।
सुत्नुअघि नुहाउने
प्राय मानिसहरु बिहान नुहाउन रुचाउँछन् । तर राति सुत्नुअघि नुहाउनु पनि उत्तिकै महत्वपूर्ण छ । यसो गरेमा मिठो निद्रा लाग्छ । मिठो निद्राले पनि वजन धेरै हदसम्म क मगर्न सकिन्छ । नुहाउँदा २७५ सम्म क्यालोरी बर्न हुन्छ ।