काठमाडौं । साधारण रुघा विभिन्न भाइरसहरुको कारणले माथिल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण हुनु हो । साधारण रुघा भाइरस संक्रमित थोपा वा संक्रमित स्रावहरु सँगको प्रत्यक्ष सम्पर्कबाट सर्दछ ।
चिसो मौसम हुनुले रुघा बनाउने होइन, तर चिसो मौसमले नजिकको सम्पर्कलाई बढाउँछ । नाकबाट सिँगान बगिरहनु, हाच्छिउ आइरहनु,खोकी लाग्नु,हल्का घाँटी दुख्नु,आँखामा पानी आइरहनु । सन्चो नभएको महसुस हुनु जस्ता चिन्ह र लक्षणहरुमा देखिन सक्छन् । रुघालाई लक्षणहरुको आधारमा निदान गरिन्छ ।
रुघाको लागि प्रयोगशाला परीक्षण आवश्यक छैन । यसको अवधि १ देखि ३ दिन सम्मको हुन्छ र संक्रमण अवधि लक्षणहरु सुरु हुनु भन्दा लगभग १ दिन पहिले र बिरामी भएको ५ दिन सम्म रहन्छ । रुघाको भाइरसको कुनै विशेष एंटीभायरल उपचार छैन ।
रुघाको लागि सबैभन्दा महत्वपूर्ण रोकथामको उपाय संक्रमित व्यक्तिहरुको सम्पर्कबाट टाढा बस्नु हो । व्यक्तिगत सामानहरु जस्तै तौलिया,रुमालहरु वा टिसु पेपरहरुको साझेदारी नगर्नुहोस् ।
फ्लु र रुघा सिजनको बेलामा प्राय सबैभन्दा राम्रो हात धुनु अत्यन्तै महत्वपूर्ण छ, किनकि यसले गर्दा हातको सम्पर्कमा भएका भाइरसहरु नष्ट गर्न सक्छ । केही भाइरसहरु धेरै दिनसम्म टेलिफोन,ढोकाहरु , कम्युटर किबोर्डहरुको सतहरुमा बस्न सक्छन् । यस्ता सामानहरुलाई बेलाबोलामा सरफ मिसाएको कपडाले राम्ररी पुच्छने वा सफा गर्नुपर्छ र सफा गरिसकेपछि हाल सफा गर्न ६० प्रतिशत अल्कोहल मिसिएको हाल गरी सेनिटाइजरको प्रयोग गर्नुपर्छ ।
लक्षणहरु कम भएन भने नजिकैको स्वास्थ्य चौकी वा कान नाक घाँटी विशेषज्ञकोमा जानुपर्छ ।