डाउन सिन्ड्रोम यस्तो अवस्था हो जसमा बच्चालाई बौद्धिक तथा शारीरिक अपाङ्गता हुन्छ । डाउन सिन्ड्रोम एक सामान्य खालको सिकाइ असक्षमता हो जसलाई सजिलै चिन्न सकिन्छ । मानव शरीरका कोषहरूमा साधारण अवस्थामा हुनेभन्दा एउटा क्रोमोजोम बढी हुने अवस्थालाई डाउन सिन्ड्रोम भनिन्छ । सामान्यतया ४६ वटा क्रोमोजोम २३ जोडीका रूपमा कोषमा मिलेर बसेका हुन्छन् । तर, डाउन सिन्ड्रोम भएको अवस्थामा ४७ क्रोमोजोम हुन्छन् । बढी भएको एउटा क्रोमोजोम २१औँ जोडीका रूपमा रहने भएकाले यसलाई ट्राइसोमी–२१ भनिन्छ । डाउन सिन्ड्रोम कुनै रोग नभई जन्मजात अवस्था हो । जुन बच्चा गर्भमै हुँदा विकसित भइसकेको हुन्छ ।
डाउन सिन्ड्रोम कसरी पहिचान गर्न सकिन्छ ?
डाउन सिन्ड्रोमको पहिचान जन्मनेबित्तिकै हुनसक्छ । धेरैजसो बच्चाको सन्दर्भमा डाक्टरले बच्चाको अनुहार हेरेरै पत्ता लगाउन सक्छन् र शङ्का भएमा क्रोमोजोम जाँचबाट समेत सजिलै पुष्टि गर्न सकिन्छ । यसरी हेर्दा डाउन सिन्ड्रोम अनुहारको विशेषता र बौद्धिक र शारीरिक अवस्थाबाट पत्ता लगाउन सकिन्छ । जस्तै :
– सानो टाउको
– गोलो चेप्टो अनुहार, नेप्टो नाक
– अति सानो चिउँडो, तेर्सो चिम्से आँखा
– मुखबाट जिभ्रो निकालिरहने बानी, चिरापरेको जिभ्रो
– खुट्टाको पहिलो र दोस्रो औँलाबीच फाटो
– छोटो र मोटो गर्दन
– आँखाको नानीमा सेतो वा पहेँलो थोपा ९द्यचगकजाष्भमि कउयतक०
– सानो तल जोडिएको कान
– हत्केलोमा तेर्सो एक लाइनमात्र ९ कष्लनभि उबmिभच अचभबकभ०
– फितलो मांसपेशी
– सानो जनेन्द्रिय
– होचो कद