नेपालमा लेजर थेरापी प्रविधीद्वारा विभिन्न रोगहरुको उपचार हुने एक मात्रै लेजर थेरापी किल्निक जावलाखेलमा अवस्थित छ । यस किल्निकले बिहान ६ बजेदेखी बेलुका ८ बजेसम्म बिरामीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
यस किल्निकले सातामा ६ दिन बिरामीहरुसँग शुल्क लिएर उपचार सेवा दिइरहेको छ भने बिहीबार निशुल्क सेवा प्रदान गर्दै आइरहेको छ । त्यसका साथैप्रत्येक ३९ ३ महिनामा स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ ।
धेरै ठाउँमा उपचार गरेर निको नभएपछि बिरामीहरु अन्तिममा त्यहाँ आइपुग्ने गर्छन् । यस किल्निकमा धेरैजसो शरीरका विभिन्न भागको दुखाइ भएका बिरामीहरु आउने गर्छन् । त्यस्तै जोर्नी, गर्दन दुखाइ, कम्मर, ढाड, कुइना, नाडी, कुर्कुचा, मेरुदण्डको समस्या भएका, शरीर नै नचलेर प्यारालाइसिस भएका बिरामीहरु समेत उपचारका लागि यहाँ आउने गर्छन् ।
पेट, मुटु, कलेजो, फोक्सोलगायत शरीरका कुनै पनि भागमा समस्या आएमा त्यसको बाहिरी छालाबाट लेजर विकिरण प्रवाह गरेर उपचार गरिन्छ । कुनै पनि नकारात्मक असर बिना लेजर थेरापी किल्निकमा विभिन्न ४०० भन्दा बढी रोगको उपचार गर्न सकिन्छ ।
निको नभएका, दुखेका तथा सुन्निएका घाउहरु, मस्तिष्क पक्षघात, नाक, कान, घाँटीका रोगहरु, माईग्रेन, अनुहारको दाग, चाँयापोतो, ढाडको नशा च्यापिएका, घुँडा दुख्ने समस्या भएका, बाथ रोगका कारण मांसपेशीमा दुखाई भएका, हाडजोर्नी छालामा विभिन्न किसिमका घाउ र अन्य धेरै रोगहरुको यसबाट उपचार गर्न सकिन्छ। तर, बिशेष गरेर यसको असर लामो समयसम्म शरीरमा रहेका रोगहरुमा प्रभावकारी देखिन्छ । साथै पक्षघात भएका बिरामीलाई पनि यसले लाभ दिन्छ ।हाडजोर्नीको दुखाईमा लेजर विकिरण बढी प्रभावकारी देखिन्छ किनभने लेजर विकिरणको पहिलो काम भनेको नै सुन्निएको घटाउने र रक्त कोषिका चाहिने ठाउँसम्म पुर्याउने हो र निष्क्रिय भएर बसेका कोषिकालाई सकृय बनाउनु हो।
लेजर थेरापी किल्निकले कुनै पनि असर बिना विकिरणको सहायताले विभिन्न प्रकारका रोगको उपचार गर्दै आइरहेको छ । लेजर विकिरणले रोगी अंगलाई सेकाएर उपचार गर्छ। लेजर विकिरण छालाको माध्यमबाट भित्रि अंगमा ४९६ सेन्टी मिटरसम्म पुगेर टिस्यू हिलिङको काम गर्छ जसले गर्दा रोगी अंग निको हुन्छ।
आजसम्म कुनै पनि प्रविधि त्यस्तो छैन जसमा सेल्स नै हिलिङ हुन्छ। अरू मेशिनको प्रयोगले जति पनि उपचार हुन्छ त्यसले भित्रसम्म डोज पुर्याउन सक्दैन। लेजर ४९६ सेन्टीमिटरसम्म गएर हरेक बिग्रेको सेल्सलाई निको पारेर आफ्नै अवस्थामा फर्काएर कार्य गराउने क्षमता राख्दछ । यसले सिधा आफ्नो विकिरणको मद्दतले घाऊलाई सुकाएर दुखाई कम गराउँछ।
हिँड्न नसक्ने अवस्थामा आएका बिरामी तीन–चार दिनमा हिँड्नसक्ने हुन्छन्, यसले कुनैपनि प्रकारको शारिरिक दुखाई निम्ताउँदैन, यस प्रविधीबाट गरिएको उपचारले २० दिनभित्र ८० देखी ९० प्रतिशतसम्म बिरामीको रोग निको हुन्छ । उपचार सुरु भएको चौथो दिनदेखी नै बिरामीले यस्को सकारात्मक प्रभाव देख्न सक्छ । तर गर्भावस्था, रक्तअल्पता, ल्युकिमिया र अन्य क्यान्सरका बिरामीले लेजर थेरापी गर्न हुँदैन ।