क्षयरोग परिचय
क्षयरोग एक बेसिलस माइकोबैक्टेरियमबाट लाग्ने संक्रामक रोग हो। यसले विशेष रूपमा फोक्सो ९पुल्मोनारी टीबी० लाई असर गर्छ साथै अन्य अंगहरुलाई पनि असर पार्न सक्छ (अतिरिक्त पुल्मनरी टीबी)।
यो रोग पुर्मनरी टीबीका संक्रमितले स्वास फेर्दा हावाबाट फैलिन्छ ( जस्तै खकारको छिटाहरु )। क्षयरोग महिलामा भन्दा पुरुषमा बढी मात्रामा देखिएको छ । जसमा आर्थिक रुपमा क्रियाशील उमेर समूहका वयस्क मानिस पर्दछन् ।
क्षयरोग लागेको कसरी थाहा पाउने ?
क्षयरोग लागि सकेपछि मानिसको शरीरमा विभिन्न प्रकारका लक्षणहरु देखा पर्छ । क्षयरोग लागिसकेपछि खकारमा रगत देखिने, साँझपख ज्वरो आउने, शरीरको तौल घट्दै जाने,राती पसिना आउने जस्ता लक्षण देखिन्छ।
फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगका लक्षणहरु अंग अनुसार फरक हुने गर्छ।
जस्तै टि।बी। मेनेन्जाइटिस भएको खण्डमा विस्तारै– विस्तारै टाउको दुख्न थाल्ने, ज्वरो आउने ,घाँटी अररो हुने ,मानसिक भ्रम हुने ,शरीर काम्ने तथा बेहोस हुने आदि हुन सक्छ।
हाड तथा जोर्नीको क्षयरोग भएको खण्डमा क्षयरोगले प्रभावित पारेको हाड वा जोर्नी दुख्ने,हाड जोर्नी चलाउन गाह्रो हुने तथा सुन्निने, पछि छालामा प्वाल बनी पीप निस्कने आदि हुन सक्छ।
पेटको क्षयरोग भएको खण्डमा पेट दुख्ने,दिसा पातलो हुने, दुब्लाउँदै जाने, पेटमा छाम्दा डल्लो फेला पर्ने , मन्द ज्वरो आउने तथा खाना रुची नहुने आदि हुन सक्छ।
कसरी बँच्ने ?
क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट पूर्ण रूपमा निको हुन्छ । नेपाल सरकारले क्षयरोग विरुद्धमा अति प्रभावकारी औषधिहरु निःशुल्क वितरण गराउँदै आएको छ ।
उपचार अवधी भने संक्रमित अंग, रोगको प्रकृति हेरी फरक हुन्छ। यस अवधिमा सबै विरामीहरुलाई डट्स अन्तर्गत राखेर उपचार गरिन्छ ,जसमा विरामीलाई प्रत्येक दिन उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने गरिन्छ। औषधिहरुको सेवनबाट पिसाव रातो हुन सक्छ तर यो सामान्य हो,डराउनु पर्दैन ।
वर्षेनी क्षयरोगीको संख्या बढ्दै
नेपाल सरकारले सन् २०५० सम्ममा क्षयरोगको उन्मुलन गर्ने लक्ष्य लिएको छ । वर्षैनी क्षयरोगीहरुको संख्या बढ्दै जानुले नेपाल सरकारको यस लक्ष्यलाई चुनौती दिएको छ ।
गत वर्ष भन्दा यस वर्ष १० हजार क्षयरोगका नयाँ संक्रमितहरु फेला परेका छन् । संक्रमित फेला पर्नुको अर्थ कार्यक्रम बढी प्रभावकारी हुनु हो । अघिल्ला वर्षहरुमा क्षयरोगीहरु कम पत्ता लाग्ने गर्थे भने यस वर्ष बढी लागेको छ । क्षयरोग नियन्त्रणको क्षेत्रमा भएको ठूलो उपलब्धीका रुपमा यसलाई लिन सकिन्छ । बिरामीहरु मध्ये ६१.६ प्रतिशत पुरुष रहेका छन् भने ३८.४ प्रतिशत महिला र करिब ८.७ प्रतिशत बालबालिका रहेको तथ्यांक छ ।
सन् २०५० सम्म क्षयरोग नियन्त्रणका लागि के गर्दै छ सरकार ?
सरकारी लक्ष्य अनुसार सन् २०५० सम्ममा क्षयरोग नियन्त्रणका लागि सरकारले नयाँ नयाँ कार्यक्रमहरु ल्याइरहेको छ । नेपालका करिब ५० प्रतिशत मानिसहरुमा क्षयरोगको किटाणु हुन्छ तर सबैलाई क्षयरोग लाग्दैन । जुन व्यक्तिको रोग प्रतिरोधी क्षमता कम हुन्छ त्यस्तो मानिसलाई क्षयरोग लाग्छ । रोग प्रतिरोधी क्षमता कम भएका मानिसहरुलाई क्षयरोग नलागोस् भन्नका लागि हामीले प्रिभेन्टिभ थेरापी दिने गर्छौ ।
सरकारले अहिले ५ वर्षभन्दा कम उमेरका बालबाललिका तथा एचआइभी लागेकाहरुको रोग प्रतिरोधी क्षमता बढाउनका लागि प्रिभेन्टिभ थेरापी दिइरहेका छौं । जो व्यक्तिहरुले निजी स्वास्थ्य संस्थामा क्षयरोगको परीक्षण गराई औषधि उपचार गरिरहेका छन् उनीहरुको निगरानी राम्रोसँग हुन सक्दैन त्यस्ता व्यक्तिहरुलाई समेत सरकारी तथ्यांकमा समावेश गर्नका लागि हामीले विशेष कार्यक्रम चलाइरहेका छौैं ।
परिवारको कुनै सदस्यमा क्षयरोग लागेको पाइएमा घरका अन्य सदस्यहरुको समेत क्षयरोग परीक्षण गर्ने कार्यक्रम आगामी दिनमा चलाउने सरकारको योजना छ । यदि घरमा बाबुआमा क्षयरोग लागेको पाइएमा बच्चाहरुलाई क्षयरोग नलागोस् भन्नका लागि हामीले ५ वर्ष मुनिका बच्चाहरुको प्रिभेन्टिभ थेरापी गराउने योजना छ ।