काठमाडौं। शाकाहारी जीवनशैली अपनाउन धेरैलाई मनपर्ने खानामध्ये मटर पनिर एक हो। यसलाई नन् भेज खानाको विकल्पको रुपमा पनि लिइन्छ । सबैलाई स्वादिलो पनिर बनाउन नआउन पनि सक्छ। तल दिइएको विधिद्वारा स्वादिष्ट मटर पनिर बनाउन सकिन्छ।
आवश्यक सामग्रीहरु
-सबैभन्दा पहिला २०० ग्राम पनिरलाई आफूलाई मनपर्ने आकारमा काट्ने ।
-एक कप मटर लिने ।
-टमाटरलाई सानो साइजमा काट्ने ।
-प्याज, हरियो खुर्सानीलाई पनि काटेर राख्ने ।
-दालचिनी ल्वाङ, जिरा , अदुवा लसुन लगायत आवश्यकता अनुसार मसाला लिने ।
बनाउने विधि:
-सुरु प्यानमा तेल राख्ने ।
-तेल तातिसकेपछि त्यसमा पनिर राखेर फ्राई गर्ने ।
-विस्तारै चलाएर हल्का रातो नभएसम्म फ्राइ गर्ने ।
-हल्का चलाउनुपर्छ नत्र पनिर टुक्रिएर जान्छ ।
-पनिर निकालिसकेपछि प्याज टमाटरलाई प्यानमा राखेर राम्रोसँग फ्राइ गर्ने ।
-करिब १ मिनेटसम्म त्यसलाई चलाई चलाई फ्राइ गरी एक कप जति पानी राखेर त्यसलाई छोपेर पकाउने ।
-यसलाई निकालेर राम्रोसँग सेलाइसकेपछि मिक्चरमा राखेर पिस्नुपर्छ ।
-पुन: प्यानमा तेल हालेर आवश्यकता अनुसार गरम मसाला राख्ने ।
-बेसार र थोरै रातो खुर्सानीको धुलो राखेपछि प्याज र टमाटरको पेस्टलाई राख्नुपर्छ ।
-त्यसमा थोरै बेसार र रातो खुर्सानीको धुलो राख्नुपर्छ ।
-१ मिनेटजति हल्का आगोमा पकाउनुपर्छ । त्यसमा अदुवा लसुन जीरा र धनियाँ राख्नुपर्छ ।
-करिब १ मिनेट जति पकाएपछि त्यसमा मटर राख्नुपर्छ ।
-त्यसमा आवश्यकता अनुसार पानी राख्ने र एकछिन पकाएपछि छोप्ने ।
-मटर हल्का पाकेपछि फ्राइ गरेको पनिर राखेर माथिबाट धनियाँ हाल्ने ।
-त्यसलाई थोरै गरम मसाला राखेर केही चलाएर छोपेर पकाउने ।
-यसरी पकाइएको पनिर खानका लागि तयार भइसक्छ ।
-पनिरलाई रोटी,खाना वा स्वादअनुसार खान सकिन्छ ।