बाथ मुटु रोगको परिचय
मुटु बाथ रोग प्राकृतिक रुपमा आफैं हुने खालको रोग होइन । मानिसले आफ्नो जीवनकालमा आफैले ल्याएको वा आफ्नै कारणले हुने रोग हो । मुटु बाथ रोग खास गरेर इन्फेक्सन अर्थात् संक्रमणको कारणले हुने गर्छ ।
मुटु बाथ रोगको सुरुवात किशोरावस्थामै हुन्छ । प्रारम्भिक चरणमा ३ देखी १५ वर्षको कलिलो उमेरमा बराबर घाँटी दुख्ने, थुक निल्न अप्ठ्यारो हुने लगायतका लक्षण देखिने हुन्छ। घाँटी दुख्ने गरेका केटाकेहीहरुलाई घाँटी दुखेको १ देखि ४ हप्ता भित्र एक किसिमको ज्वरो आउन सक्छ । यो ज्वरो आउँदा एक पछि अर्को गरी हात गोडाका ठूला जोर्नीहरु दुख्ने र सुन्निने हुन्छन् । यसरी जोर्नीहरु प्रभावित हुने ज्वरोलाई बाथ ज्वरो भनिन्छ।
यस ज्वरोको कारणले पछि गएर ५० प्रतिशत भन्दा बढी बालबालिकाहरुको मुटुको भल्भहरु खराब हुने रोग लाग्छ । यसलाई बाथ मुटु रोग भनिन्छ । बाथ ज्वरो भन्नाले मुख्यतया ज्वरो आएको र जोर्नीहरु दुखेको अवस्थालाई बुझिन्छ भने बाथ ज्वरोको रोग भन्नाले मुटुका भल्भहरु खराब भर्इसकेको अवस्थालाई बुझिन्छ।
बाथ ज्वरोबाट बच्न के गर्ने ?
प्राथमिक रोकथाम विधी
कुनै पनि अवस्थामा घाँटी दुख्ने , ज्वरो आउने भएको बेलामानै यसको उपचार गर्नु बाथ ज्वरो हुन सक्ने सम्भावनालाई रोक्ने सबैभन्दा राम्रो उपाय हो। यसलाई प्राथमिक रोकथाम भनिन्छ । विभिन्न जातका किटाणुहरु मध्ये ुस्टेप्टोकोकस ग्रुप एु जातका किटाणुहरुको संक्रमणबाट घाँटी दुख्ने भएकाहरु मध्ये ३ प्रतिशतलाई बाथ ज्वरो उत्पन्न हुने धेरै सम्भावना रहन्छ । यदि बालबालिकाहरुलाई बारम्बार घाँटी दुख्ने गरेको छ भने किन दुखेको हो भनेर तुरुन्त पत्ता लगाई औषधि उपचार गर्नुपर्छ । घाँटी दुखेको शुरुको अवस्थामा उपचार गरेमा बाथ ज्वरो उत्पन्न हुने समस्यालाई १० गुणाले घटाउन सकिन्छ । घाँटी दुखी ज्वरो आउँदा तुरुन्तै एन्टिवायोटिक औषधि खाइ उपचार गर्नुपर्छ । एन्टीबायोटिकले बाथ ज्वरो उत्पन्न गराउने कीटाणुलाई नष्ट पार्छ र रोग उत्पन्न हुनबाट जोगाउँछ ।
बाथ ज्वरो रोग लागिहालेमा के गर्ने ?
दोस्रो रोकथाम विधी
बाथ ज्वरो एकपटक लागिसके पछि फेरि फेरि पनि फर्कन सक्छ । जसरी शुरुमा यो रोग लाग्दा मुटुलाई नोक्सानी पुग्छ त्यसरी नै फेरि फेरि बाथ ज्वरो आएमा प्रत्येक पटक झन् मुटुलाई नोक्सानी पुग्दै जान्छ । त्यसैले पटक पटक मुटुलाई आक्रमण नगरोस्, बाथ ज्वरो फर्कि फकि नआओस् भन्नाको निम्ति उपचार एकदमै महत्वपूर्ण हुन्छ । यसमा विशेषगरी लामो समयसम्म करिब एक महिनासम्म शरीरमा रहिरहने पेनिसिलिकनको सुई प्रत्येक ३ हप्तामा लगाईरहेमा शरीरमा बाथ ज्वरोको कीटाणुहरु बढ्न पाउँदैन ।
बाथ मुटु रोगीहरुको उपचार सम्भव छ कि छैन भन्ने जिज्ञासा मानिसहरुमा रहन सक्छ । बाथ मुटुको रोग एकपटक लागिसकेपछि पूर्ण रुपमा निको बनाउन सकिदैंन । किनकि यसले मुटुको भल्भलाई नराम्ररी बिगारिसकेको हुन्छ । यस रोगको उपचार रोग निर्मुल पार्ने तर्फ नभई रोगको लक्षणहरुलाई कम गर्ने तथा रोगलाई बढ्न नदिई नियन्त्रण तर्फ केन्द्रित रहन्छ । बाथ ज्वरो उपचार पछि पनि फर्कन सक्छ ।
जतिपटक यसले आक्रमण गर्छ उति मुटुका भल्भहरु बिग्रने क्रम जारी रहन्छ । यस कारण बाथ ज्वरो पटक पटक नदोहोरियोस् भन्नका लागि लामो समयसम्म बेन्जाथिन पेनिसिलिन ईन्जेशन लिई राख्नु पर्छ । यस रोगबाट पीडित भएका बिरामीहरुको उपचारको लागि नेपाल सरकारकोक अनुदानमा आर्थिक वर्ष २०६३।०६४ बाट नेपाल हृदयरो निवारण प्रतिष्ठानले केन्द्रीय अस्पताल,अञ्चल अस्पतालतथा केही सामुदायिक अस्पतालहरुमा पेनिसिलिन सुई निशुल्क वितरण भइराखेको छ ।
यस रोगबाट पीडित भएका बिरामीहरुले आफूलाई पाएक पर्ने अस्पतालहरुबाट सो सुई निशुल्क रुपमा लिन सक्छन् । जसले गर्दा नेपालमा बढ्दै गइरहेको बाथ ज्वरोको समस्या केही हदसम्म भए पनि कम हुँदै जान्छ भन्ने विश्वास गर्न सकिन्छ ।
यदि कसैलाई निम्नलिखित लक्षणहरु देखा परेको अवस्थामा त्यो हृद्यघात हुनुपूर्वको लक्षण हुन सक्छन् ।
-हिँड्दा वा भ¥याङ चढ्दा छातीको बीच भागमा दुख्ने वा बोझिलो र कस्सिएको जस्तो असजिलो हुने तर आराम गरेमा नदुख्ने भएमा ।
-छातीको दुखाइको साथसाथै वाकवाकी लाग्ने, उल्टी हुने, चक्कर लाग्ने भएमा ।
-खलखल पसिना आएमा ।
-सास नपुगेको जस्तो निस्सासिने र दम बढ्ने भएमा
(नेपाल हृदयरोग निवारण प्रतिष्ठान पुस्तकबाट)