एजेन्सी । स्वास्थ्यका लागि चुकन्दरको सेवन निकै फाइदाजनक मानिन्छ । धेरैजसो मानिस सब्जी, सलाद वा जुसको रुपमा यसलाई खानामा समावेश गर्ने गर्छन् । चुकन्दरले शरीरमा रगतको कमी हुन दिँदैन र विभिन्न प्रकारको फाइदा पुर्याउँछ । तर केही स्वास्थ्य समस्या भएको अवस्थामा यसलाई बिर्सेर पनि खानुहुँदैन । नभए यसले हानी गर्नेछ ।
मृगौलामा पत्थरी भएको अवस्थामा:
मृगौलामा पत्थरीको समस्या छ भने चुकन्दर खाँदा तपाईंलाई हानी हुनेछ । यसले पत्थरीलाई बढाउने काम गर्छ । चुकन्दरले आइरनको कमी पूर्ती त गर्छ तर यसमा अक्सलेटको मात्रा अत्यधिक हुन्छ । अक्सलेटको सेवन अत्यधिक गर्दा मृगौलामा पत्थरीको समस्या बढ्ने गर्छ । जसलाई पहिले नै पत्थरीको समस्या छ, चुकन्दरको सेवनले यो समस्या बढाउन सक्छ ।
छाला रोगीहरूले चुकन्दरबाट बच्नुपर्छः
छाला सम्बन्धी रोग भएका व्यक्तिले चुकन्दर खानु हुँदैन । यदि तपाईको शरीरमा रातो दाग छ वा कुनै प्रकारको एलर्जी छ भने चुकन्दरको सेवन गर्नु हुँदैन। चिलाउने र ज्वरो आउने जस्ता समस्या भएमा पनि चुकन्दर खानु हुँदैन ।
ब्लड सुगरको स्तर बढाउन सक्छ:
चुकन्दरको सेवन गर्दा ब्लड सुगरको स्तर बढ्न सक्छ । जसलाई मधुमेहको समस्या छ, उनीहरुले चुकन्दरको सेवन बिर्सेर पनि गर्नु हुँदैन । यसको ग्लाइसेमिक इन्डेक्स बढी हुन्छ जसले तपाईंलाई हानी गर्नसक्छ ।
कलेजोमा प्रभावः
चुकन्दर पाचन प्रणालीको लागि उत्तम मानिन्छ। तर यसको अत्यधिक सेवनले कलेजोलाई असर गर्छ र यसले कलेजोको समस्या बढाउँछ। यसमा पाइने फलाम र तामा जस्ता तत्वहरू कलेजोमा जम्मा हुन्छन् । जसले कलेजोसँग सम्बन्धित रोग निम्त्याउँछ । कहिलेकाहीं हामीले बुझ्दैनौं र पछि यो रोगले ठूलो रूप लिन्छ।
गर्भवती महिलाका लागि हानिकारकः
गर्भवती महिलालाई पनि चुकन्दरको सेवन नगर्न सल्लाह दिइन्छ । यसको अत्यधिक मात्रा गर्भवती महिलाका लागि खतरनाक हुनसक्छ ।