काठमाडौं । अहिले गर्मीको मौसम छ । यो मौसममा चिसो पेयको माग उच्च रहन्छ । गर्मीबाट बच्न मानिसहरु विभिन्न प्याकेट र बोतलबन्द चिसो पेय पिउने गर्दछन् ।बजारमा पाइने सबै पेय स्वास्थ्यकालागी फाइदाजनक हुदै । यस्तोमा घरमा सजिलै बनाउन सकिने पेय स्वस्थ्य हुनुका साथै शरीरमा पोषण र उर्जा समेत प्रदान गर्दछ।
१. कागती पानीको सर्बत
गर्मीबाट बच्न र सजिलै घरमा बनाउन सकिने सरल पेय हो, कागती पानीको सर्बत । कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । जसले शरीरलाई रोगको संक्रमणबाट बचाउनुका साथै शरीरलाई हाइड्रेट राख्दछ । यो गर्मी भगाउने सबैभन्दा उत्तम विकल्प हो ।
२. तरबुजा
हुनत कोरोना संक्रमणकालमा बजार जानु उपयुक्त हुदैन । तर सम्भव भयो भने तरबुजाको सेवन गर्मीमा अति उपयोगी हुन्छ । ९६ प्रतिशत पानी हुने तरबुजाको जुस शरीर हाइड्रेट राख्न र शितल बनाउन सबैभन्दा राम्रो विकल्प मध्ये एक हो ।
३. नरिवल पानी
नेपालमा त्यति धेरै नरिवलको पानी पिउने गरिँदैन । तर विदेश तिर गर्मीमा काँचो नरिवलको पानी पिउनेको संख्या उच्च हुन्छ । नरिवल पानीले शरीरमा पानीको मात्रा भरपुर गर्नुको साथै यसमा भएको पोषणले शरीर स्वच्छ र शितल बनाउँछ ।
४. मोही
प्रायः पहाडीया मुलका नेपालीको घरघरमा सेवन गरिने पेय हो, मोही । दहीलाई मथेर बनाइएको मोही अझै पनि गाउँघरमा गर्मी भगाउन सेवन गर्ने चलन छ । मोही स्वास्थ्यमा समेत लाभदायी हुन्छ । यसमा प्रोटिन, क्याल्सियम लगायतका पोषण पाइन्छ ।
५. पुदीना सर्बत
गर्मीमा शरीरलाई डिहाइड्रेशनबाट बचाउन पुदीनाको पात हालेर तयार पारिएको सर्बत उपयोगी हुन्छ। यो सर्बत तयार पार्दा पुदीना, चिनी, मह, बिरेनुन र जिरा मिश्रण गरी बनाउनु पर्दछ । यो सर्बतको सेवनले बच्चाहरुमा गर्मीको असर कम गराउँछ।