कुनै मानिसमा सामान्य अवस्थामा पनि आत्तिने र डर लाग्ने जस्ता समस्याहरु देखा पर्न सक्छ । कुनै पनि कारणबिना नै डराउने तथा आत्तिने समस्या भएमा त्यसलाई एन्जाइटी डिसअर्डर भएको मान्न सकिन्छ । यो एक प्रकारको मानसिक समस्या हो ।
यो समस्या जुनसुकै उमेर समुहका मानिसहरुमा हुने गर्छ। आधुनिक समाजमा व्यस्त जीवनशैलीका कारण यस्ता समस्याहरु दैनिक रुपमा बढिरहेका छन् ।
विश्वका करिब ३० करोड मानिसहरु एन्जाइटी डिसअर्डरको समस्याबाट पीडित छन् । पछिल्लो समय एक्लोपना, शरीरमा हार्मोनको गडबडी जस्ता कारणले युवापुस्तामा यस्तो समस्याहरु बढ्दै गइरहेको छ। यो एक प्रकारको साझा स्वास्थ्य समस्या हो । यसलाई कमजोर मानसिकताको उपज मान्न सकिदैंन । जुनुसुकै उमेर समुहका मानिसहरुमा यो रोग लाग्ने भएकोले रोग लागेमा लाज मान्ने तथा हिन्नताबोध गर्नु आवश्यक छैन । उपचार पश्चात् यसलाई पूर्ण रुपमा निको बनाउन सकिन्छ ।
एन्जाइटी डिसअर्डरका लक्षणहरु
- छटपटी लाग्ने ।
- थकाई लाग्ने ।
- कुनै पनि कुरामा ध्यान केन्द्रित नहुने ।
- रिस उठ्ने, झर्को लाग्ने ।
- अनावश्यक चिन्ता लाग्ने ।
- मुख सुक्ने ।
- हात काँम्ने ।
- मान्छेसँग खुलेर बोल्न नसक्ने ।
- आत्मविश्वासमा कमी आउने ।
- एक्कासी मुटुको धड्कन बढ्ने ।
- श्वास प्रश्वास प्रक्रिया छिटो छिटो हुने ।
- अनावश्यक डर तथा भय पैदा हुने ।
- निन्द्रामा समस्या आउने ।
एन्जाइटी डिसअर्डरका प्रकार
- जनरलाइज एन्जाइटी डिसअर्डर
- प्यानिक एन्जाइटी डिसअर्डर
- सोसल एन्जाइटी डिसअर्डर
- अब्सेसिभ कम्पुल्सिभ डिसअर्डर
- फोबिया
- पोष्ट ट्रम्याडिभ स्ट्रेस डिसअर्डर
कारण
- वंशाणुगत कारण ।
- मस्तिष्कमा अन्य समस्या आएमा पनि एन्जाइटी डिअर्डर हुनसक्छ ।
- अत्याधिक तनावपूर्ण जीवनशैली ।
- अनिन्द्रा ।
- धुम्रपान तथा मद्यपान सेवनका कारण ।
उपचारविधी
- एन्जाइटी डिसअर्डर निको हुने प्रकारको मानसिक समस्या हो । स्वस्थ जीवनशैली स्वस्थ खानपान, पर्याप्त निद्रा, व्यायाम, तनाव व्यवस्थापन गर्न सकेकोमा यसबाट छुटकारा पाउन सकिन्छ ।
- नियमित रुपमा गरिने योगा तथा ध्यान एन्जाइटी डिसअर्डरका बिरामीहरुका लागि फाइदाजनक हुन्छ ।
- मनोचिकित्सकसँग परामर्श तथा औषधि सेवनबाट यसलाई निको पार्न सकिन्छ ।
कसरी बच्ने
एन्जाइटी अस्वस्थ जीवनशैलीका कारण हुने गर्छ । स्वस्थ खानपान, पर्याप्त निद्रा, व्यायाम, तनाव व्यवस्थापन आदिको माध्यमबाट एन्जाइटीबाट टाढा रहन सकिन्छ । खासगरी कामको बोझ धेरै हुने व्यक्तिमा एन्जाइटी बढेर जाने जोखिम हुन्छ, त्यस्तो अवस्थामा कामको बोझ घटाउँदै जाने गर्नुपर्छ ।
धूम्रपान, मद्यपान र लागुऔषधको कुलतबाट टाढा रहनुपर्छ । नकारात्मक भावना आउन नदिन योग, ध्यान र एक्सरसाइज गर्न सकिन्छ ।