काठमाडौं । आज अटिजम सचेतना दिवस अथवा अटिजमका बारेमा सचेतना जगाउने दिन । आज सबै शिक्षित, अनुभवी र योसम्बन्धी जानकारले कम्तीमा आफ्ना सम्पर्कका परिवारलाई बुझाउने दिन । भनिन्छ, विश्वको जनसंख्याको १ प्रतिशत, त्यसमा नेपालमा मात्र करिब तीन लाख बालबालिका अटिजमको शिकार बनिरहेका छन् ।
अटिजम भएका बालबालिकालाई ‘रोगी’ भन्ने प्रचलन छ । तर यो रोग नभई मस्तिष्क विकासमा उत्पन्न हुने एक किसिमको जन्मजात विशेष अवस्था हो । नेपालमा झन्डै तीन लाख बालबालिकामा अटिजम भएको अनुमान गरिएको छ । झट्ट हेर्दा सामान्य अवस्थाकै बालबालिका जस्ता देखिए पनि अटिजम भएका बालबालिकाहरुले अरुलाई वास्ता नगर्ने हुन्छन् । अटिजम भएका बालबालिकामा पनि छुट्टै विशेषता हुन्छ ।
अटिजम
अटिजम एक नसा (Neurobehavioral) ले ठीक काम गर्न नसकेको तथा व्यक्तिको मस्तिष्कको हुनुपर्ने जति विकास नभएको जटिल अवस्था हो। अर्को अर्थमा सामान्य तथा जटिल मानसिक अपाङ्गताको पनि हो। यस अवस्थामा व्यक्तिले सामाजिक परिवेशलाई बुझ्न र जीवनमा लागु गर्न कठिन हुन पुग्दछ। भाषाको विकास पर्याप्त भएको हुँदैन। कुनै पनि कार्यमा एकोहोरोपन तथा त्यसैलाई दोहोर्याई रहने व्यवहार हुन्छ।
लक्षणहरु
- १२ महिनाको हुँदासम्म नामले बोलाउँदा कुनै प्रतिकृया नदिने
-२४ महिनामा कुनै वाक्य वा दुइ शब्द पनि बोल्नु
-सीधा अनुहार तथा आँखामा हेरेर कुराकानी नगर्नु,
- हाउभाउ तथा इसारा नबुझ्ने कुनै तथा पनि बस्तु वा सामग्रीमा ध्यान केन्द्रित नहुने
-आफ्नो भावना व्यक्त गर्नु नसक्नु र अरुको भावना नबुझ्ने,
-एक्लै र एकान्तमा बस्न र खेल्न रुचाउने
-कुनै कारण विना उत्तेजित भएर कुरा गर्ने
उपचार
यो रोगको उपचार भनेको थेरापी नै हो । समयमै रोग पहिचान गरी प्रारम्भिक हस्तक्षेप नै सबैभन्दा महत्वपूर्ण थेरापी हो । अटिजम भएका बालबालिकालाई सञ्चार गर्न सामाजिक व्यवहार गर्न ,। विभिन्न थेरापी र खेलका माध्यममार्फत सिकाउन सकिन्छ ।
बालबालिकाको पहिलो गुरु नै अभिभावक हुन । अभिभावकले सबैभन्दा बढी समय उनीहरुसँग बिताउने अवसर पाउँछन् । त्यसैले सर्वप्रथम अभिभावकले नै तालिम लिनु आवश्यक हुन्छ । उहाँहरुले नै बालबालिकालाई घरका विभिन्न परिस्थितीमा, वातावरण सुहाउँदा खेल खेल्दै थेरापीदिँदा सबैभन्दा लाभदायक हुन्छ ।
यो आजिवन रहने अपांगता हो । अटिजम भएकाहरु बौद्धिक रुपमा ठीक भएपनि यसको मूल समस्याका कारण आत्मनिर्भर भने हुन सक्दैनन् । त्यसैले अभिभावकहरुले मात्र उनीहरुको ख्याल राख्न कठिन हुन्छ । त्यसैले नेपालमा पनि उनीहरुको राम्रोसँग पालन पोषण गर्ने वातावरण हुनु जरुरी छ ।