परिचय
छालाबाट कलेजोमा जम्मा भएको बाइलहरु निकाल्ने प्रक्रियालाई पिटीबीडी रेडियोलोजी भनिन्छ। छालाबाट पाइपहरु छिराएर कलेजोमा जम्मा भएको अतिरिक्त बाइलहरु निकाल्ने गरिन्छ ।
ट्युमरले गर्दा ,नसा खुम्चिएर ,जन्डिस भएर, लिभर फेलिएर भएर या अन्य कारणले शरीरमा जन्डिस विकास हुँदा धेरै बाइलहरु उत्पादन हुन्छ जसलाई निकाल्नुपर्ने हुन्छ । त्यस्तो बाइलहरु ननिकालेको अवस्थामा बिरामी कलेजो फेलिएरको अवस्थामा पुग्न सक्छ । पिटीबीडी प्रविधिले यस्तो समस्याहरुको उपचार गर्छ ।
पित्त थैली ले बाइल भन्ने तत्व उत्पादन गर्छ । बाइलले शरीरमा रहेको चिल्लो पदार्थ फिल्टर गर्छ। बाइल पित्तथैलिमा अथवा पित्त थैलीको नसाहरुमा जम्मा भइराख्यो भने जन्डिस हुन्छ । शरीरमा किन अत्याधिक मात्रामा बाइलहरु उत्पादन भइरहेको छ ,अवरोध कहाँ छ त्यसलाइ पत्ता लगाएर बाहिर निकाल्नु पिटीबीडीको मुख्य उदेश्य हो।
पीटीबीडीका प्रकार
पीटीबीडी रेडियोलोजी एक्सट्रनल बाइलरी ड्रेनेज र इन्टरनल बाइलरी ड्रेनेज गरी मुख्यतया दुई प्रकारका हुन्छन् ।
नशाहरुले बाइलहरु लिभर बाट पित्तथैलि हुँदै आन्द्राहरुमा लाने काम गर्छ । बाइलहरु धेरै उत्पादन भयाभने शरिरले धान्न नसकेर नशा सुन्निने हुन्छ ।
एक्सट्रनल बाइलरी ड्रेनेजमा बाहिरबाट लिभर हुँदै नशाबाट पाइप हालेर बाइलहरुलाइ निकालिन्छ । इन्टरनल बाइलरी ड्रेनेज मा पाइललाई सानो आन्द्रामा हालेर राखिन्छ र २९३ महिना पछि पाइपमा जम्मा भएको बाइलहरुलाइ प्लास्टिक व्यागमा निकालिन्छ । यसरी यस प्रविधिबाट बिरामीहरुलाइ निको बनाइन्छ ।
पिटीसी र पिटिबीडी को भिन्नता
पिटीसी सम्पूर्ण नशाको एनाटोमीको बारेमा अध्ययन गर्नका लागि एक प्रकारको एक्स रे गरिने टेक्निक हो । पिटिबीडी नसामा फैलिएको बाइललाई बाहिर निकाल्ने टेक्निक हो । पिटीसीले सम्पुर्ण नशाहरुको संरचना र त्यसको अवस्थालाइ छर्लङग गराउछ भने पिटिबीडीले नसामा फैलिएको बाइललाई बाहिर निकाल्छ।
यस प्रविधिका जटिलता
यस प्रकारका प्रविधिबाट बिरामीको उपचार गर्दा बिरामीलाई पीडा हुने गर्छ । जसकारण यस प्रविधिबाट उपचार सुरु गर्नु अगाडि बिरामीलाई पीडा नहोस् भन्नका लागि विभिन्न प्रकारको औषधिहरु दिने गरिन्छ ।
नसामा पाइप हाल्ने क्रममा कतिपय कमलो खालका नसाहरु फुट्न सक्छन् जस्का कारण बाइल लिकेज हुनसक्छ र नसाहरु ब्लक हुनसक्छ। बाइलहरु निकाल्नका लागि चिकित्सकहरुले विभिन्न प्रकारको औषधि दिने गर्छन् । कसै कसैलाइ औषधिको रिएक्सन हुने सम्भावना पनि रहन्छ । बिरामीमा विभिन्न प्रकारको इन्फेक्सन समेत हुने भएकोले यो प्रविधि जटिल पनि छ ।
कतिको सुरक्षित छ यो प्रविधि ?
यस प्रविधिबाट बिरामीको उपचारका लागि कम्तीमा पनि २० मिनेटको समय लाग्ने गर्छ । शल्यक्रिया कक्षमा नलगिकन नै सानो सुईं दिएर यस प्रविधिद्वारा उपचार गराउन सकिन्छ । यसमा रेडियसनको डोजहरुको एकदमै कम हुने गर्छ । जन्डिस बढ्ने बित्तिकै बिलिरूबिनको मात्रा बढिहुन्छ । बिलिरूबिनको मात्रा बढ्ने बित्तिकै यो प्रविधिको प्रयोग गर्योभने बिलिरूबिनको मात्रा घट्दै जान्छ र बिरामी निको हुन्छ । यस प्रविधिको प्रयोगबाट उपचार पश्चात् बिरामीको आयु लम्ब्याउन सकिन्छ । यो प्रविधिबाट गरिने गरिने उपचार ८० देखी ९० प्रतिशत सफल भएको छ ।
जन्डिस उपचारमा यस प्रविधिको प्रयोग कसरी हुन्छ ?
जन्डिस हुँदा बिरामीको पेट तथा कलेजोमा समस्या आउने गर्छ । जन्डिसका बिरामीहरुमा पित्तथैली तथा कलेजोको इन्फेक्सन धेरै नै हुने गरेको पाइन्छ । यसले कलेजो फेलियर हुने समस्या आउन सक्छ । यस प्रविधिद्वारा उपचार गरिएको अवस्थामा जन्डिस कम हुने बित्तिकै बिरामीहरुमा विस्तारै त्यसका लक्षणहरु पनि हराउँदै जाने गर्छन् । यस प्रविधिद्वारा गरिएको उपचार पश्चात् बिरामीले छिटै नै सहज रुपमा आफ्नो दैनिकी चलाउन सक्छ ।