काठमाडौं । करेला तितो हुन्छ । तर औषधीय गुणले भरिपूर्ण हुन्छ । करेला पेटको लागि मात्र नभई छाला र चिनी रोगका लागि पनि फाइदाजनक मानिन्छ ।
करेलामा फोस्फोरस पर्याप्त मात्रा पाइन्छ । जसले कफ, कब्जियत र पाचन प्रणाली सम्बन्धी समस्याबाट बचाउँछ । यदि तपाईंलाई भोक लाग्दैन भने करेलाको सेवन गर्नुहोस् । यसले भोक नलाग्ने समस्याबाट पनि छुटकारा दिन्छ ।
करेलाबाट प्रचुर मात्रामा भिटामिन ए, बी र सी प्राप्त गर्न सकिन्छ । यसका साथै क्याराटिन, विटाक्याराटिन, लुटिन, आइरन, जिंक, पोटासियम, म्याग्नेसियम र म्यागनिज जस्ता फ्लावोन्वाइड पनि पाइन्छ । जुन स्वस्थ्य शरीरका लागि निकै आवश्यक छ ।
करेलाले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । करेलाको सेवन मधुमेहका बिरामीका लागि फाइदाजनक मानिन्छ । करेलाको सेवनबाट हुने फाइदा यस्ता छन् :
पत्थरीको समस्या हटाउँछ
करेलाको रस सेवनले पत्थरीको समस्याबाट छुट्कारा पाउन मद्दत मिल्छ। ताजा करेलाको रस सेवन गर्नाले पत्थरी बाहिर निस्कने गर्छ ।
ग्याँसको उपचार
करेलाले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । पाचन प्रणालीलाई सही राख्न मात्र नभई करेलाको सेवन ग्याँस, अपच जस्ता समस्याको समाधान पनि हो ।
कलेजो बलियो बनाउँछ
करेलाको जुसले कलेजोलाई बलियो बनाउँछ । यति मात्र नभई कलेजोको सबै किसिमको समस्याबाट छुटकारा दिन पनि करेलाको भूमिका महत्वपूर्ण मानिन्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
करेलामा पाइने खनिज र भिटामिनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । रोगसँग लड्ने क्षमता बलियो हुँदा शरीरमा विभिन्न रोग लाग्ने जोखिम कम भएर जान्छ ।
मधुमेहका बिरामीका लागि फाइदाजनक
रगतलाई सफा गर्नका लागि करेला अमृत समान मानिन्छ। मधुमेहका बिरामीका लागि करेलाले फाइदा दिन्छ । एक चौथाई कप करेलाको रस, यही मात्रामा गाजरको रस मिसाएर पिउँदा स्वास्थ्यका लागि फाइदाजक हुन्छ ।