एजेन्सी । मृगौला फेल हुनुलाई ‘एन्ड स्टेज रिनल डिजिज’ पनि भनिन्छ । डाक्टरका अनुसार मृगौला फेल हुनुको अर्थ दुबै मृगौलाले काम गर्न बन्द गरेको र अब डायलाइसिस वा किड्नी ट्रान्सप्लान्ट बिना धेरै दिनसम्म बिरामीलाई बचाउन सकिँदैन ।
कहिले हुन्छ मृगौला फेल ?
हाम्रो शरिरमा दुई मृगौला हुन्छ जसको मुख्य काम रगतलाई फिल्टर गरेर टक्सिनलाई अलग्गाउनु हो । यी टक्सिन पछि पिसाबमार्फत बाहिर निस्कने गर्दछ । जब कुनै कारणले मृगौलाले रगत फिल्टर गर्न वा फोहोर सामग्रीलाई बाहिर निकाल्ने क्षमता समाप्त हुन्छ भने मृगौला फेल भएको बुझ्नुपर्छ ।
१. नुन
धेरै नुन खाँदा रक्तचाप बढ्छ । यसले मृगौलामाथि लोड बढ्ने गर्दछ र मृगौला फेल हुने गर्दछ ।
२. मधुमेह
शरिरमा चिनीको मात्रा बढ्दा मृगौलामाथि फिल्टर गर्ने लोड बढ्ने गर्दछ जसका कारण मृगौला फेल हुनसक्छ ।
३. तनाव
तनावका कारण पैदा हुने हार्मोनले मृगौलालाई नोक्सानी पुर्याउँछ । मृगौला फेल हुने सम्भावना बढ्ने गर्दछ ।
४. गतिहीन जीवनशैली
यसले शरिरमा टक्सिन बढ्ने गर्दछ । मृगौलाले यी टक्सिनलाई बाहिर निकाल्न पाउँदैन जसका कारण यो फेल हुनसक्छ ।
५. धुम्रपान र मध्यपान
यसले शरिरमा टक्सिन बढाउने गर्दछ । मृगौलाले यी टक्सिनलाई फिल्टर गर्न पाउँदैन र फेल हुनसक्छ।
मृगौला फेल भएका ५ लक्षण
१. पिसाबमा समस्या
धेरै पिसाब आउनु, पिसाब फेर्न समस्या हुनु, पोल्ने, फिँजयुक्त पिसाब र पिसाबमा रगत देखिनेजस्ता लक्षण हुनसक्छन् ।
२. मधुमेह
शरिरमा चिनीको मात्रा बढ्दा मृगौलामाथि फिल्टर गर्ने लोड बढ्ने गर्दछ जसका कारण मृगौला फेल हुनसक्छ ।
३. तनाव
तनावका कारण पैदा हुने हार्मोनले मृगौलालाई नोक्सानी पुर्याउँछ । मृगौला फेल हुने सम्भावना बढ्ने गर्दछ ।
४. जोर्नी दुखाई
शरिरमा टक्सिन बढ्दा हड्डी र जोर्नीमा दुखाई हुनसक्छ । थकान र कमजोरी पनि हुनसक्छ ।
५. कमजोरी
मृगौला खराबीका कारण रगतमा अक्सिजनको संचार राम्रोसँग हुन पाउँदैन । यसले कमजोरी पनि निम्त्याउन सक्छ।