स्तन क्यान्सर परिचय
नेपाल क्यान्सर अस्पतालमा दैनिक ७ देखी ८ जना बिरामीहरु स्तन दुख्यो तथा स्तनमा गाँठागुठी भेटियो भनेर आउने गरेका छन् । उपचारमा आउनेहरुले कतै त्यो क्यान्सर त होइन भनेर डराउने गरेको पाइन्छ । म उहाँहरुलाई के भन्न चाहन्छु भने स्तनमा आउने सबै गाँठागुठी क्यान्सर भने होइन ।
स्तनमा हुने करिब ९० प्रतिशत गाँठागुठी क्यान्सर नहुने प्रकृतिका हुन्छन् । उपचारका लागि चिकित्सककहाँ बिरामी आइपुगेपछि हामीले सबैभन्दा पहिले त्यो क्यान्सरजन्य हो या होइन भनी पहिचान गर्ने गर्छौ ।
अल्ट्रासाउन्ड गरिसकेपछि त्यो गाँठागुठी क्यान्सरजन्य हो वा या होइन भनी पहिचान गर्न सकिन्छ । सामान्यतया स्तनमा हुने क्यान्सर नहुने गाँठागुठी मध्ये प्राय पानिको फोका ( सिस्ट) र फाइब्रोइडिनोमा ९बोसोकोे डल्लो० देखिन्छ । यस्ता गाँठागुठीको शल्यक्रिया बिना नै उपचार गरिन्छ । क्यान्सरजन्य फाइब्रोइडिनोमा र क्यान्सर नहुने खालको फाइब्रोइडिनोमा उपचार प्रकृति नै फरक हुन्छ ।
सामान्यतया स्तन क्यान्सर उमेर बढ्दै जाँदा देखा पर्ने रोग हो । तर युवा अवस्था पनि स्तन क्यान्सर नहुने भन्ने चाँहि होइन । युवावस्थामा भने फाइब्रोइडिनोमा तथा बे्रस्ट सिस्ट नै बढि हुने गर्छ । फाइब्रोइडिनोमा ६० –६५ वर्ष उमेरका मानिसहरुमा पनि हुने गर्छ । कसैैकोमा ठुलो आकार को हन्छ भने कसैकोमा साना साना आकारको धेरै ुफाइब्रोइडिनोमाहरु हुने गर्छ । यदि फाइब्रोइडिनोम २ सेन्टिमिटरभन्दा लामो छ र यस्को बोडरहरु शंकास्पद देखियो भने निकालेर ल्याब परीक्षण गरेर त्यसलाई पहिचान गर्नुपर्ने हुन्छ ।
२० वर्ष उमेर पार गरिसकेका महिलाहरुले महिनावारी भएको एक सातापछि आफ्नो स्तनको परीक्षण घरमा गर्न सक्छन् । घरमै स्तन छामेर या हेरर स्तनको परीक्षण गर्न सकिन्छ । यसरी नियमित रुपमा स्तनको परीक्षण गरेको अवस्थामा आफ्नो स्तनमा कुनै पनि समस्या भए नभएको पत्ता लगाउन सकिन्छ ।
घरमै स्तन परीक्षण कसरी गर्ने ?
१. ठूलो ऐना अगाडि माथिको वस्त्र उतारेर उभिने र आफ्नो देब्रे हात उठाउनुपर्छ अनि दाहिने हातले देब्रे स्तनको परीक्षण गर्नुपर्छ ।
२. देब्रे हातको बीचका तीनवटा औँलाहरूको संवेदनशील भागले स्तनको वरपिरी गोलाकार रूपमा विस्तारै मालिस गर्दै टुप्पोतिर लाग्नुपर्छ ।
३. स्तनमा औंलाले दबाएर विभिन्न किसिमका तन्तुहरू अनुभव गर्नसकिन्छ । पहिले विस्तारै दबाब दिएर छालालाई मात्र परीक्षण गर्नुपर्छ अनि मध्यम दबाब दिएर बीचका तन्तुहरू महसुस गर्ने र अन्तमा जोडले दबाब दिएर करङसम्म औँला पुर्याई भित्री गिर्खा, दुखाइ वा असहजता खोजी गर्ने ।
४. पूरै स्तन, छाती, पाखुरामुनि, काखी, ब्युटी बोन र काँध वरपिर छाम्ने ।
५. यसप्रकार देव्रे स्तन परीक्षण गरेपछि यसै गरी दाहिने स्तनलाई देव्रे हातले परीक्षण गर्ने ।
६. स्तनलाई ठूलो ऐनामा हेर्ने । स्तनको आकार, रंग, चाउरीपना, मुन्टो आदि हेर्ने । त्यसपछि स्तनको मुन्टोलाई विस्तारै दबाएर त्यसबाट निस्कने तरल पदार्थ हेर्ने ।
यदि स्तनमा कडा खालको नदुख्ने गाँठागुठी छ भने त्यसलाई क्यान्सर भएको शंका गर्न सकिन्छ । यदि गुच्चा जस्तो सामान्यतया यताउती सर्ने प्रकृतिको गाँठागुठी छन् भने त्यो फाइब्रोइडिनोमा हुनसक्छ ।
क्यान्सर हुने प्रकृतिका गाँठागुठी क्यान्सरजन्य हुन्छन् भने नरम प्रकृतिका गाँठागुठी भने क्यान्सर नहुने खालका हुन्छन् ।
कुन अवस्थामा शल्यक्रिया चाहिन्छ
यदि स्तनमा आउने गाँठागुठी क्यान्सर हुने प्रकृतिका छन्भने यस्तो अवस्थामा शल्यक्रियाको आवश्यकता पर्छ । तर सबैलाई सुरुवातमा नै सर्जरी गर्नुपर्ने अवस्था भने हुँदैंन । चिकित्सक कहाँ उपचारमा आइपुगेका बिरामीहरुमा समस्या धेरै नै बल्झिएको देखिएमा सुरुमा नै केमोथेरापी दिएर उपचार गराउनुपर्ने हुन्छ । स्तन क्यान्सरका बिरामीहरुका लागि सर्जरी किमो रेडिएसन र थेरापीहरु पनि दिन सकिन्छ । सबै बिरामीहरुलाई सबै आवश्यक हुँदैंन , यो चरण अनुसार फरक फरक छन् ।
पहिलो चरणको क्यान्सर हो भने शल्यक्रिया मात्रै गरेर बाँकी उपचारमा लाग्नु नगर्नुपर्ने अवस्था पनि हुन्छ । बिस्तारै चरणहरु बढ्दै गएको अवस्थामा किमो थेरापि , रेडिएसन थेरापि दिनुपर्ने हुन्छ । बिरामीहरुले स्तन बचाएर नै उपचार गर्न चाहेको अवस्थामा चिकित्सकले त्यसै अनुरुप उपचार गर्न सक्छन् । स्तन क्यान्सर भइसकेपछि विभिन्न प्रकारका उपचार विधी हुने भएकोले पनि यसलाई फराकिलो रुपमा बुझ्न आवश्यक हुन्छ ।
यदि बिरामी एकदमै मोटो भएमा , लामो समयसम्म अविवाहित,परिवारमा कसैलाई स्तन क्यान्सर भएका मानिसहरुमा भने स्तन क्यान्सरको जोखिम बढी हुन्छ । त्यसो भन्दैमा उनीहरुमा स्तनक्यान्र भइहाल्छ भन्ने चाँहि होइन । स्वस्थ्य जीवनशैली अपनाउने, शरीरको तौल बढ्न नदिने, बेलाबेलामा घरैमा स्तनको परीक्षण गरेको अवस्थामा भने यसबाट बँच्न सकिन्छ ।
स्तन क्यान्सरबाट कसरी बँच्ने ?
-समय समयमा घरमै स्तनको परीक्षण गर्ने ।
-४० वर्ष कटिसकेपछि वर्षमा १ पटक स्तनको म्यामोग्राफी गर्ने ।
-सुरुवाती अवस्थामा रोग पत्ता लगाउन सकेको खण्डमा त्यसको उपचार प्रभावकारी हुन्छ ।
-नियमित रुपमा व्यायाम, योग गर्नाले शरीरमा रक्तकोशिकाहरु अनावश्यक रुपमा जम्मा हुन पाउँदैनन् र यसले क्यान्सरको सम्भावनालाई कम गरिदिन्छ ।
समयमा नै बच्चा जन्माएर नियमित रुपमा स्तनपान गराउने महिलालाई क्यान्सर रोग लाग्ने सम्भावना कम रहन्छ।