काठमाडौं । अहिलेको अवस्थामा हातमा मोबाइल नहुने हो भने त्यो निकै लाजमर्दो कुरा हुन्छ । तर,पछिल्लो समयमा मोबाइलको प्रयोग कसरी गर्ने ? कति गर्ने ? भन्ने नजानेर धेरैलाई समस्या निम्त्याएको छ ।
विभिन्न देशहरूमा गरिएको अध्ययनले मोबाइल प्रयोग गर्दा हुने जोखिमबारे अध्ययन गरेका छन् । ब्रिटेन, अमेरिका र स्विडेनमा वैज्ञानिकहरूले मोबाइल प्रयोग गर्दा अपनाउनु पर्ने जोखिम र उपायका बारेमा अध्ययन गरेका छन् ।
लगातार ४५ मिनेटभन्दा बढी मोबाइल चलाउने लतले मानसिक समस्या निम्त्याउन सक्छ। यसबाट निस्कने रेडिएसन मानिसका लागि निकै खतरनाक हुने प्रमाणित भएको तिनीहरूको निष्कर्ष रहेको छ । मोबाइफोन लगातार प्रयोग गर्दा त्यसको असर हाम्रो मानिसका र शारीरिक स्वास्थ्य दुवैमा पर्ने विभिन्न अध्ययनहरूले देखाएका छन् ।
धेरै प्रयोग गर्दा देखिने असहरू
आँखामा समस्या
मोबाइलले आँखामा दबाब सिर्जना गर्छ, उज्यालोलाई लामो समय नजिकबाट हेर्दा दीर्घकालमा आँखाको ज्योति गुम्न वा घट्न सक्छ ।
गर्दनको समस्या
मोबाइलको अत्यधिक प्रयोगले गर्दनको चारैतर्फको छालाको लचकतामा कमी आउने गर्छ । लामो समयसम्म एउटै पोजिसनमा बसेर मोबाइलको प्रयोग पनि गर्नु हुँदैन ।
दिमागमा समस्या
मोबाइल रेडियसनको सीधा असर स्मरणशक्तिमा पर्न जान्छ । जसले सर्ट टर्म मेमोरी लसको समस्या निम्त्याउने गर्छ । बच्चाहरूले लगातार मोबाइल फोनको प्रयोग गरेमा उनीहरूको सक्रियतामा कमी आउने विभिन्न अध्ययनहरूले देखाएका छन । फोनबाट निस्कने सिग्नलले दिमागको यस्तो भागलाई प्रभावित पार्छ, जसको सम्बन्ध मेमोरी र सिकाइसँग हुन्छ।
छालामा समस्या
मोबाइलको स्क्रिनबाट निस्कने प्रकाशको सम्पर्कमा रहँदा छालामा ‘हाइपर पिङमेन्टेसन’ हुनुका साथै बूढोपनको समस्या पनि निम्तिन सक्छ । यसकै कारण आँखामा रिंकल्स जस्ता समस्या पनि देखिने गर्छ । यस्तो अवस्थाबाट छुटकारा पाउन मोबाइललाई चार्ज गर्दा वा रातमा सुत्दा मोबाइल चलाउन छोड्नुस् ।
अनुहारमा समस्या
प्रत्येक समय मोबाइलमा कुरा गर्दा या आफ्नो कानसम्म मोबाइल लैजाँदा यस्ता फोहोर र ब्याक्टेरिया छालामा सर्ने गर्छ ।यसले अनुहारमा दाग र कालो धब्बाको समस्या ल्याउने गर्छ । त्यसैले मोबाइलको प्रयोगपछि अनुहार पुछ्दा वा सफा गर्दा राम्रो हुन्छ ।