एजेन्सी । मुख, जिब्रो, ओँठ,दाँत आदि अङ्गहरूको सहायताबाट यौन साथीलाई यौन सन्तुष्टि दिनको लागि गरिने यौनकार्य कार्य हो । कामसूत्रमा ऋषि वात्सायनले पनि मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन ।यद्यपि मुख मैथुनबारे विभिन्न भ्रम रहेको पाइन्छ ।
१. भुइँकटहरु खानाले विर्य स्वादिलो हुन्छ
यो भनाईमा किमार्थ सत्य छैन । ओरल सेक्सअघि भुइँकटरहरको जुस खानु आवश्यक छैन, किनकि यसले विर्यलाई स्वादिलो बनाउँछ भन्ने गलत हो । तर भुइँकटहर जस्ता फलहरुको नियमित सेवनले मानिसको यौन क्षमता बढाउने कुरा चाहीँ साँचो हो ।
२. महिलाले चरम आनन्द प्राप्त गर्न सक्दैनन्
तपाइँले के सुन्नुभएको छ, छाड्नुस् । तर महिलाले मुख मैथुनबाट पनि चरम आनन्द प्राप्त गर्न सक्दछन् । त्यसैले प्राकृतिक सेक्सका बेला चरम आनन्द आउँदैन भने मुखमैथुन पनि गर्न सक्नुहुन्छ । प्राकृतिक संसर्गमा ८० प्रतिशत महिलाले चरम आनन्द प्राप्त गर्न नसक्ने रिपोर्टले देखाएको छ । त्यस्तोमा मुखमैथुन प्रभावकारी हुनसक्छ ।
३. यौन संक्रमण हुँदैन
धेरै किशोर किशोरीहरुको सोँचाई हुन्छ कि मुखमैथुन पूर्णरुपमा सुरक्षित हुन्छ र यसो गर्दा यौन संक्रामक रोग सर्दैन । तर विज्ञहरुका अनुसार मानिसहरुमा हुने भिरिंगी रोगमध्ये धेरै असुरक्षित मुखमैथुनबाट समेत सर्ने गरेको छ । मुखमा घाउचोट भएमा अझ यौनांगमा रोग सर्ने जोखिम बढी हुन्छ । क्लेमाइडिया, हर्पेस, घाउखटिरा, गोनोरिया तथा एचआइभी लगायतका यौनरोग पनि मुखमैथुनबाट समेत सर्दछन् ।