काठमाडौं - महिनावारी एक प्राकृतिक प्रक्रृया हो, तर नेपाली समाजमा यसलाई अछुतो वा नछुने भएको जस्ता शब्हरुको प्रयोग गर्ने गरिन्छ । नेपाली समाजमा महिनावारी भएको बेला परिवार भन्दा भिन्न स्थान अथवा छाउ गोठमा राख्ने कुप्रथा अझै पनि कायम नै छ । त्यतिमात्र नभई महिनावारीको समयमा गर्न नहुने भनिएका अन्य गलत प्रचार वा भम्रहरु पनि छन् । हाम्रो समाजमा महिनावारीलाई लिएर फैलाइएका भ्रमपुर्ण अफवाह यस्ता छन् ।
महिनावारी भएकी महिला वा किशोरी अशुद्ध हुन्छिन् ।
घरको कोठा वा भान्सा कोठामा छिरे सबै अशुद्ध हुन्छ ।
फलको बिरुवा छोए त्यो बोट मर्छ व फल फल्दैन ।
महिनावारीमा मन्दिर वा भगवानलाई छोए अनिष्ट्र हुन्छ वा पाप लाग्छ ।
महिनावारीमा अचार छोएमा कुहिन्छ ।
आफ्नो परिवारको पुरुष सदस्य वा साथिभाइलाई छुनु हुदैँन ।
महिनावारीमा अचार आए मासिक चक्रमा गढवढि हुन्छ ।
महिनावारीमा पानिको मुहान छोए पानि सुक्छ ।
महिनावारीमा कुनै किसिमको शारीरिक व्यायम गर्नु हुदैँन ।
(सोचाइको फेसबुक पेजबाट साभार)