काठमाडौं । चिनीमा भिटामिन वा खनिज हुँदैंन , अत: यो तुरुन्त पाचन(उपपाचन हुने गर्दछ अर्थात् तुरुन्तै शरीरमा सोसिन्छ )। इन्सुलिन प्रतिरोध भएका व्यक्तिमा चिनीले अन्य कार्बाेहाइड्रेटहरुले भन्दा इन्सुलिनको तह र रगतमा ट्राइग्लाइसेराइड्स बढाउने गर्दछ । ट्राइग्लाइसेराइड्स एक प्रकारको रगतमा पाइने चिल्लो पदार्थ हो,जसले हृदयघात हुने अवस्थालाई सहयोग गर्छ ।
कोलेस्ट्रोरोल
इन्सुलिनको अधिक उत्पादन नै धेरै मानिसहरुमा उच्च कोलेस्ट्रोरोल हुने मुख्य कारक हो ।
मुटुका रोगहरु
शरीरलाई आवश्यक नपरेको चिनी चिल्लो पदार्थ या बोसोमा परिणत हुन्छ । यसैकारण मुटु तथा रक्तनलीहरुमा अवरोध पु¥याउने काममा कोलेस्ट्रोरोल भन्दा चिनी बढी जिम्मेवार हुन्छ ।
विभिन्न अध्ययनअनुसार पनि उच्च ट्राइग्लाइसेराइड भएका व्यक्तिले अधिक कार्बाेहाइड्रेट तर कम चिल्लो या बोसो भएका खाना खाने गर्दा पनि ट्राइग्लाइसेराइड र इन्सुलिनको तह बढेको पाइयो । तर , आलु ,रोटी जस्ता माडयुक्त कार्बाेहाइड्रेट खानाले कम मात्र बढाएको पाइयो । स्टाफोर्ड विश्वविद्यालय मेडिसिन स्कूलले यो कुरा अध्ययन अनुसन्धान गरेको थियो जुन कुरा नवम्बर १९९८ को न्युट्रिसन एक्सन नामक स्वास्थ्य पत्रिकाले लेखेको छ ।
यसैगरी यस्तै तथ्य १९८० को दशकमा संयुक्त राज्यको कृषि विभागका अनुसन्धानकर्ताहरुले इन्सुलिन प्रतिरोध भएका व्यक्तिहरुमा फेला पारेका थिए । त्यस्ता व्यक्तिको खानामा २० प्रतिशत चिनी खुवाउँदा केही व्यक्तिमा ट्राइग्लाइसेराइड्स सयौं अंकले माथि चढ्यो । ट्राइग्लाइसेराइडहरु मुटुका रोगहरुका लागि प्रमुख जोखिमजन्य तत्व मानिन्छन् ।
मोटोपना
चिनीले इन्सुलिन उत्पादन गराउँछ । यसको परिमाण ज्यादा भएमा जति नै कडाइका साथ डाइटिङ गरे पनि ब्यायाम गरेपनि तौल घट्न दिदैंन । प्रसोधित चिनीयुक्त खानाले शरीरमा इन्सुलिन बढि उत्पादन हुन्छ र यसले चिल्लो पदार्थलाई शक्तिमा बदलिन रोक्दछ । अत: मोटोपना इन्सुलिन धेरै भएको लक्षण हो र मोटोपनाले मधुमेह हुनसक्छ।
(चिनी पुस्तकबाट )