काठमाडौं । आधुनिक जीवनमा मानिसहरुमा दही मही भन्दा पनि बजारमा पाइने अन्य पेय पदार्थहरुमा ध्यान जाने गरेको छ। ग्रामीण भन्दा शहरी क्षेत्रका मानिसहरुमा विभिन्न प्रकारको कोल्ड डिक्सप्रतिको मोह बढी पाइन्छ । त्यस्ता पेय पदार्थहरुको प्रयोगले स्वास्थ्यमा गम्भीर प्रकारको असर पुग्ने चिकित्सकहरु बताउँछन् ।
उनीहरुमा अनुसार बजारमा पाइने अन्य पेय पदार्थभन्दा मही सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।गर्मी मौसमा यसको महत्व अझै बढी भएको उनीहरु बताउँछन्।
गर्मी मौसममा मही खानुका निम्नलिखित फाइदाहरु
-गर्मी याममा शरीरमा आलस्यता आउँछ। महीको सेवनले शरीरमा स्फूर्ति बढ्नुको साथै पानीको मात्रा पनि आपूर्ति गर्ने गर्छ ।
-गर्मी याममा शीतलता प्रदान गर्नुका साथै गर्भवतीका लागि मही अति नै उपयोगी मानिन्छ। महीमा पाइने ‘प्रोबायोटिक’ले गर्भावस्थामा आमा र बच्चाको स्वास्थ्य ठीक बनाउन सहयोग गर्छ।
-महीमा पर्याप्त मात्रामा क्याल्सियम पाइने भएकोले कब्जियत हुनबाट जोगाउँछ।
-भुटेको जिराको साथमा मही खाँदा पाचन प्रणाली ठीक राख्न मद्दत गर्छ।
-मोटोपना अधिक हुँदा महीमा नुन मिलाएर पिउनु शरीरका लागि फाइदाजनक हुन्छ।
-साँझबिहान महीको सेवन गर्दा स्मरण शक्ति तेज हुन्छ।
-पटकपटक बाडुल्की लाग्ने समस्या भए महीमा एक चम्चा अदुवाको रस मिलाएर सेवन गर्नु लाभदायक हुन्छ।
-शरीरको पोलेको भागमा तुरुन्त मही लगाउँदा आराम मिल्छ।
-महीमा पिठो मिलाएर तयार गरिएको लेप लगाउँदा छालाको चाउरीपना कम हुन्छ। गुलाबको जरालाई महीमा पिसेर अनुहारमा लगाउँदा डन्डीफोर हराउँछ।