काठमाडौं - केहि गर्भवती महिलामा समय अगावै प्रसव हुने गरेको पाइन्छ । यो समस्या हुनुमा विभिन्न कारणहरु रहेका हुन्छन् । समय अगावै हुने प्रसव कसरी कम गर्ने भन्ने बारे केहि महिलाहरु मात्र जानकार हुन्छन् । समय अगावै हुने प्रसव कम गर्ने तल प्रस्तुत गरिएको छ ।
कम्तिमा पनि २४ महिनाको फरक राखेर मात्र अर्को सन्तानको योजना बनाउनुपर्छ । त्यसका लागी प्रभाबकारी अस्थायी परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्छ ।
गर्भवती महिलाले आफ्नो वजन निश्चित सिमा (न मोटो न दुब्लो) मा कायम राख्नुपर्छ ।
पोषिलो र सन्तुलित खाना खानुपर्छ । व्यायम गर्नुका साथै तनावरहित दिनचर्या बिताउनुपर्छ । इन्फ्लुन्जाको खोप, स्वस्थ्य दाँत र गिजाले पनि समय अगावै हुने प्रसवको सम्भाबना कम गर्छ ।
गर्भावस्थामा आमा र परिवारमा कसैले पनि धुम्रपान र मद्यपान गर्नु हुदैँन । साथै वायु प्रदुषण र प्रतिबन्धित लागु औषधको प्रयोग गर्नु हुदैँन ।
गर्भावस्थामा चिकित्सकसँग नियमित परिक्षण गराउनुपर्छ । बाझोँपनको उपचार गर्दा चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग गर्नुपर्छ ।
मधुमेह, उच्चरक्तचाप, हृदय रोग भएका महिलालले गर्भ रहनु अगाडि र गर्भवती भएपछि चिकित्सकको परामर्श लिई यि सबै समसयालाई नियन्त्रणमा राख्नुपर्छ ।
गर्भावस्थाको समयमा फोलिक एसिड, आइरन चक्कि चिकित्सकको सल्लाह अनुरुप खानुपर्छ ।