काठमाडौं । हरेक मान्छे खुसी हुन् चाहन्छन् तर चाहेको जस्तो खुसी हुन् सकिरहेका हुदैनन्। पार्टनर, अभिभावक र साथीसंगीले पनि आफ्नो प्रिय मान्छेलाई खुसी राख्न चाहन्छन् तर विविध कारणबश ऊ/उनी खुसी नहुन सक्छ। जीवनमा सधैं खुसी हुनका लागि यसो गर्नुहोस् :
-तनावका विषयवस्तुबारे सकभर बिर्सने ।
-विवाह समारोह, जन्मदिनका भोजहरु आदिमा भाग लिने किनकि आएको अवसरको राम्रो सदुपयोग गर्नुपर्छ ।
- आफ्ना साथी वा बच्चाहरुको खुसीयालीमा भाग लिने र त्यसबाट भरपूर मज्जा लिने ।
-आफ्ना सबै प्रतिबद्धताहरु पूरा गर्ने र पूरा गर्न नसकिने अवस्थामा प्रतिबद्ध नहुने ।
-झूटा वा हुनै नसक्ने प्रतिज्ञा नगर्ने ।
- आफ्नै खुसीका लागि ठाउँ सृजना गर्ने ।
- व्यक्तिहरुले दिने राम्रा सल्लाहहरु पालना गर्ने र अनावश्यक सल्लाह भए तिरस्कार गर्ने ।
-कुनै सीमा तोकेर पारिवारिक बिदामा पैसा पनि खर्च गर्ने ।
- सामाजिकरुपमा अस्वीकार्य काम लागू पदार्थ, जाँडरक्सी, चुरोट सेवन नगर्ने र वेश्यावृत्ति नगर्ने ।
- आफ्ना परिवारलाई सकेसम्म खुसी राख्ने र भरपूर आनन्द लिने ।
अन्तमा, आजकाल हामीलाई खुसी हुन समस्या छ किनकि हामीले जहिले पनि मस्तिष्कमा जहाँ पनि दुःखद परिस्थिति नै देखिरहेका हुन्छौँ, सुखको अनुभव गर्न सकिरहेका हुँदैनौँ । सबै सुखको आधार भनेको सु-स्वास्थ्य नै हो ।
आयुर्वेद उपचार पद्धतिका अनुसार जसका त्रिदोष (वात, पित्त, कफ) ठीक छन्, खानेकुरा पचाउने पेटका अग्नि (जठराग्नि) ठीक छन्, शरीरलाई धारण गर्ने धातुहरु (रस, रक्त, मासु, बोसो, हड्डी, मज्जा तथा वीर्य) सही अनुपातमा छन्, बाह्य तथा भित्री अङ्गहरुले ठीक ठीक किसिमले काम गरिरहेका छन् र आत्मा पनि खुसी छ भने त्यस्तो व्यक्तिलाई स्वस्थ व्यक्ति भनिन्छ ।
स्वस्थ शरीर र मनका लागि तीन स्तम्भहरु आहार, निद्रा र ब्रह्मचर्य अपनाउनुपर्छ । तीबाहेक व्यायाम, स्नान र ध्यान पनि स्वास्थ्यका लागि नभई नहुने त¤व हुन् । जसले सधैँखुसीको अनुभूति दिलाउँछ र तनाव भन्ने कुरा आउँदैन ।