काठमाडौं । सामान्यतया एनेस्थेसिया भन्नाले बेहोस बनाउने डाक्टर भनेर बुझ्ने प्रचलन रहेको छ । सबैले बुझ्ने भाषा भएकोले मानिसहरुलाई परिचयका क्रममा म आफैं पनि बेहोस पार्ने डाक्टर हुँ भन्दै परिचय दिने गर्छु । एनेस्थेसियाको भुमिकाबारे मानिसहरुमा चेतनाको कमि छ । मैले यो विषय अध्ययन गदर्छुै भन्दा प्रायःले मलाई एनेस्थेसिया डाक्टरले सुईं लगाएर बेहोस बनाउने र सुईं लगाएर ब्युझ्याउने बाहेक अरु के गर्छ र रु किन पढेको भनेर प्रश्नहरु गर्थे ।
एनेस्थेसियाको भूमिका त्यतिमात्रै होइन भन्ने म मा चेतना थियो त्यसैले मैले आफ्नै चाहनाले एन्नेथेसिया चिकित्सक पेशा रोजेको हुँ । मैलै आफ्नो अध्ययन सक्ने बेलामा विश्वमा नै कोरोना महामारीको लहर फैलियो र कोरोना महामारी पश्चात् मानिसहरुले एनेस्थेसियाको भूमिकालाई बुझ्दै गएका छन् । आईसियू तथा ओ टीमा एनेस्थेसिया चिकित्सकको भूमिका महत्वपूर्ण हुन्छ । एनेस्थेसिया अध्ययनको दुईवटा पाटा हुन्छन् । एउटा एनेस्थेसिया अर्को क्रिटिकल केयर । बिरामीको शल्यक्रियाको योजना बनाउँदादेखी उक्त बिरामी अस्पतालबाट डिस्चार्ज हुँदा सम्म एन्नेथेसिया चिकित्सकको भूमिका रहन्छ ।
शल्य चिकित्सकले बिरामीको शल्यक्रियाको योजना बनाएदेखी बिरामीलाई परीक्षण गरेर उनिहरुको सम्पुर्ण हिस्ट्रिको अध्ययन गर्ने काम एनेस्थेसिया चिकित्सक ले गर्छ। शल्यक्रिया पश्चात् बिरामीलाई आउन सक्ने समस्याहरुका बारेका समेत यस विधाका चिकित्सकहरुले पूर्व तयारी गर्नुपर्ने हुन्छ । शल्यक्रियाका लागि बिरामीको सम्पूर्ण अवस्था बुझेर कुनै पनि असहज स्थिती बिना नै शल्यक्रिया सम्पन्न गराउनका लागि एनेस्थेसियाको भूमिका रहन्छ ।
शल्यक्रिया पश्चात् सकेसम्म छिटो डिस्चार्ज गर्ने अवस्था सिर्जना गर्नमा, कम दुखाइमै शल्यक्रिया सम्पन्न, खानपान तथा दिसापिसाब जस्ता नियमित प्रक्रियाहरुलाई सकेसम्म छिटो पूर्ववत अवस्थामा फर्काउनमा पनि एनेस्थेसियाको चिकित्सकको भूमिका महत्वपूर्ण रहन्छ ।
बिरामीको अवस्था अनुसार कुन प्रकारको एनेस्थेसिया दिने भन्ने निर्णय एनेस्थेसिया चिकित्सक गर्छन् । बिरामीलाई पुरै बेहोस पार्न मिल्छ या मिल्दैन भन्नेबारे अध्ययन आवश्यक हुन्छ । यदि दमको बिरामी, मुटु रोगी , मृगौलाको समस्या भएको,तथा सुगर या रक्तचापको समस्या भएका बिरामीहरुलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ । दमका बिरामीहरुलाई शल्यक्रिया गर्दा उनीहरुलाई भेन्टिलेटरबाट सास दिनुपर्ने हुन्छ ।
बिरामीको रोगअनुसार उनीहरुलाई कम असर हुनेगरी कुन खालको औषधि प्रयोग गर्ने तथा शल्यक्रिया पछि कस्तो हेरचाह गर्ने भन्नेमा एन्नेथेसिया चिकित्सकले योजना बनाउने गर्छन् । यस्ता चिकित्सकले शल्यक्रियाका लागि सर्जनहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरेका हुन्छन् ।
एनेस्थेसिया चिकित्सकको काम बेहोश पार्ने मात्र नभएर बिरामिको श्वासप्रश्वासको कन्ट्रोल लिएर शल्यक्रियाका पछि उसलाई उठाउने र श्वासप्रश्वासको कन्ट्रोल लिनु भन्दा अगाडि जस्तो अवस्था थियो त्यहि अवस्थामा फिर्ता ल्याउने काम हुन्छ ।
आइसियूमा बिरामीहरुले सहज रुपमा आफैं सास फेर्न सकिरहेका हुँदैंनन् त्यस्तो अवस्थामा सहज बनाउने काम एन्नेथेसिया चिकित्सकले गर्छ । चाहिने औषधिहरु लिइसके पछि विरामीहरु जब सहज रुपमा सास फेर्न सक्छन् त्यस्पछि भेन्टिलेटरबाट निकालेर डिस्चार्ज गर्नमा एन्नेथेसिया चिकित्सकको भूमिका हुन्छ ।
पछिल्लो समय एन्नेथेसिया चिकित्सकको भूमिकालाई पनि महत्वपूर्ण रुपमा हेर्न थालिएको छ । चिकित्सा क्षेत्रमा यो विधा अध्ययन गर्नेहरुको संख्या पनि पछिल्लो समय बढेको छ ।