काठमाडौं - सन्तान प्राप्ति जीवनको एक महत्वपूर्ण क्षण हो तर यो सबैको लागि सहज हुँदैन । केहि दम्पतिले विभिन्न कारणहरुले गर्दा भनेको समयमा सन्तान प्राप्त नगर्न सक्छन् । त्यसका लागि उनिहरुले विभिन्न औषधि उपचारको सहयोग लिनुपर्ने हुन्छ । तर सबै औषधि उपचार सफल हुन्छ भने हुदैन त्यसका लागि कसरी सहि उपचारको बाटो रोज्ने त ?
औषधि उपचारका विभिन्न विधिमध्ये आइ यु आई विधि अधिक प्रयोग भएको देखिन्छ । कम खर्च लाग्ने र सजिलो भएर पनि यसको छनोट बढी हुने बिशेषज्ञहरु बताउँछन् । आइ यु आई सफल बनाउन के गर्ने भन्ने जानकारी तल उल्लेख गरिएको छ।
हरेक महिलाको शारीरिक अवस्था भिन्न भिन्नै हुन्छ। प्रक्रिया कहिले शुरु गर्ने, थप औषधि कहिले शुरु गर्ने र बन्द गर्ने, डिम्बको विकास कस्तो छ, जुम्ल्याहा९तिम्ल्याहाको संभावना छ वा छैन जस्ता विभिन्न कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।
हामीले खाने दैनिक खानेकुराले पनि हाम्रो प्रजनन् स्वास्थ्यमा सिधा असर पारिरहेको हुन्छ त्यसैले सन्तुलित खानामा जोड दिनु पर्छ ।
खाना कसरी सन्तुलित तरीकाले खाने यस्ता छन् केहि सुझावः
थोरै खाने तर धेरै पटक खाने गर्नुपर्छ । यसो गर्नाले पाचनमा सहयोग मिल्छ । आफुले सेवन गरिरहेको प्रोजेस्टेरोन ट्याब्लेटले पाचन शक्तिलाई कमजोर बनाएको हुन्छ ।
फाइबरयुक्त खाने कुरा तथा पर्याप्त पानीको सेवन गर्नुपर्छ । खाना फाइबरयुक्त भए यसले कब्जियत हुनबाट बचाउँछ । त्यस्तै दिनको २९३ लिटर पानी पिउनाले मूत्रनलीको संक्रमण बाट बचाउँछ ।
फोलिक एसिड भएका खानेकुराहरु जस्तै मटर, सिमि, च्याउ, साग, टुसा उम्रेको गेडागुडी, यस्तै फलमा पनि अम्लीय गुण भएका फल खानुपर्छ।
भिटामिन ए, बि, सि, डि, के मा एन्टीअक्सिडेन्ट हुन्छ । जसले शरीरको फ्रि रेडिकललाई हटाउँछ र गर्भधारणको सम्भावना बढाउँछ । यसका लागि हरियो सागसब्जी र फलफूल खानुपर्छ ।
प्रोटिन दूध र दुग्धजन्य पदार्थमा पाइन्छ। यसबाहेक मासु र दालको सेवन पनि गर्नुपर्छ ।
ड्राई फ्रुट्स बदाम, पिस्ता, ब्ल्याकसीड, काजु, कद्दूको गेडाहरू आदिको सेवन गर्नुपर्छ ।
क्यानमा राखिएको वा फ्रिजमा धेरै दिन राखिएको खानेकुरा भने खानुहुदैँन काँचो मासु वा अण्डाको पनि सेवन गर्नुहुदैन । बाहिरको खानेकुरा जस्तै पिज्जा, बर्गर, पानीपुरी, चट्पटे आदि पनि सकेसम्म खानु हुदैन ।
मद्यपान तथा धुम्रपानले गर्भाधारण हुने सम्भावना घटाउँछ । त्यसैले यसको सेवन गर्नु हुदैन ।
तनावले प्रजन्नमा नराम्रो असर पुर्याइरहेको हुन्छ । यसका लागि योग, ध्यान, अकुपन्क्चर जस्ता विधिको सहयोग लिन सकिन्छ । त्यसैले तनावमुक्त जिवनमुक्त बिताउनुपर्छ ।
आइ यु आई पछि पूर्ण आराम भन्दा पनि हल्का व्यायाम गर्नु उचित हुन्छ । भारी व्यायाम भने गर्नु हुँदैन ।
आइ यु आई पछिको यौन सम्पर्कले सफलताको सम्भावना बढाउँछ भन्ने आम बुझाई छ । कतिपय जानकार यौन सम्पर्क पछि पाठेघर खुम्चिन्छ जसले शुक्रकिटलाई गर्भनलि तिर धकेल्छ जसले निषेचनको सम्भावना बढाउँछ भन्ने तर्क दिन्छन् तर यौन सम्पर्कले कति प्रतिशत सकारात्मक असर गर्छ भने यकिन हुन सकेको छैन । यसले यौन सम्बन्धमा कुनै हानी पुर्याउदैन आफ्नो चाहना अनुसार यौन सम्पर्क गर्न सकिन्छ ।
यस्तै कुरामा ध्यान राख्दै आइ यु आईको सफलता बढाउन सकिन्छ । समय समयमा चेक जाँच परिक्षण र भनिए अनुसार औषधि सेवन गर्न भने विर्सिनुहुन्न ।