काठमाडौं। भनिन्छ– ‘प्रेमको कुनै भाषा हुँदैन । प्रेममा नै संसार अडेको छ ।’ साँचो माया त्यही हो– जसले आपतमा सहयोग गर्छ, जो जहाँ एक अर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गर्ने र संघर्ष गर्न सक्ने क्षमता हुन्छ अनि एक अर्काप्रति अटुट विश्वास र ढृड निश्चय हुन्छ ।
भन्छन् प्रायः पुरुषहरुको धारणा महिलाहरुसँग मोजमस्ती गर्ने, जिस्कने, उपयोग गर्ने र छोड्ने हुन्छ । कुनै पनि महिलाले आफूलाई प्रयोग गरेको सहन सक्दिनन् । त्यसैले पुरुषले महिलालाई साँचो प्रेम गरेको हो कि नाटक मात्र गरेको हो त भन्ने कुरा थाहा पाउन अत्यन्तै जरुरी हुन्छ । जब तपाईं कसैलाई प्रेम गर्नुहुन्छ, प्रेम आँखामा मात्र नभएर शरीरको हाउभाउ पनि फरक हुन्छ ।
कतिपय व्यक्ति त यस्ता हुन्छन् जसले मुखबाट प्रेम प्रकट गर्न सक्दैनन् तर उनीहरुको शारीरिक हाउभाउले सबै देखाइरहेको हुन्छ । यस्तो अवस्थामा तपाईं उसको हाउभाउलाई ध्यान दिएर पनि प्रेम गर्नेबारे पत्ता लगाउन सक्नुहुन्छ ।
अनुहारमा मुस्कान आउनु
जब पुरुषले कोही महिलालाई प्रेम गर्छ भने उसले महिलालाई आफ्नो अगाडि देखेर मन प्रसन्न भएको अनुभव गर्छ । यस्तो अवस्थामा उसले नचाहँदा नचाँहदै पनि उसको मुहारमा मुस्कान आइहाल्छ । यस्तो खालको मुस्कान मनभित्रैदेखि आएको हुन्छ, जो नक्कली हुँदैन, जसलाई कसैले पनि बुझ्न सक्छ ।
आँखा जुध्नु
जब कोही व्यक्तिलाई अन्य व्यक्तिप्रति मनमा प्रेमको भावना छ भने उसले जतिबेलै उसैलाई हेरिरहन चाहन्छ । यदी ऊ तपाईंसँग कुरा गर्दा तपाईंको आँखामा मात्र हेरिरहन्छ र नजिकैबाट हिँडिरहेको बेला तपाईंलाई नजिकबाट निहारिरहेको हुन्छ भने बुझ्नुस् उसले तपाईंलाई प्रेम गर्छ ।
तपाईंलाई पुरै ध्यान दिनु
प्रायः पुरुषहरु महिलाको कुराप्रति त्यति ध्यान नै दिँदैनन् । यदी उनीहरु कुनै बेला कुरा गर्दा पनि छुट्टै फोन वा अन्तै ध्यान दिइरहेका हुन्छन् । तर त्यही पुरुषले यदी कोही महिलालाई मन पराउँछ भने उसको हरेक कुरामा ध्यान दिइरहेको हुन्छ ।
यस्तो स्थितिमा पुरुषले उक्त महिलाको हरेक कुरालाई एकदमै गहिरोसँग ध्यानपूर्वक सुन्छ । अझ यस्तो अवस्थामा ऊ आफू नबोलेरै जतिबेला पनि महिलाको कुरा मात्र सुनिरहन चाहन्छ । तपाईंसँग धेरै समय बिताउनका लागि उसले यसो गरिरहेको हुन्छ ।