एजेन्सी । खरबुजा एउटा यस्तो फल हो जसमा पानीको मात्रा अत्यधिक हुन्छ। गर्मीमा यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन । खरबुजा तौल घटाउन पनि निकै सहयोगी हुन्छ।
यो स्वास्थ्यका लागि निकै फाइदाजनक भए पनि यो केही निश्चित रोगीले खानु हुँदैन। साथै यसको अत्यधिक सेवनले शरीरमा विभिन्न साइड इफेक्ट्सहरू देखाउन सक्छ।
खरबुजाको धेरै सेवनले ग्यास, झाडापखाला वा पेट फुल्ने जस्ता समस्या हुन सक्छ। खरबुजामा पाइने फ्रक्टोज एक मोनोसेकराइड वा साधारण चिनी हो जसको धेरै सेवन गर्नाले पेट फुल्ने वा सुन्निने समस्या हुन सक्छ। त्यसैले डाक्टरहरूले खरबुजा राति नखान सल्लाह दिने गर्छन्।
खरबुजा उच्च ग्लाइसेमिक इन्डेक्स (जिआई) भएको खाना हो। यसको अनियमित सेवनले रगतमा चिनीको मात्रा तीव्र रूपमा बढाउन सक्छ । मधुमेहको समस्या भएका मानिसले खरबुजाको सेवन गर्दा ध्यान दिन जरुरी हुन्छ। यसमा पाइने प्राकृतिक चिनीको मात्राले मधुमेह रोगीहरूमा समस्या निम्त्याउन सक्छ।
खरबुजाको अत्यधिक सेवनले छालाको पहेँलो-सुन्तला रङको डिसकलरेसनसँग सम्बन्धित हुन सक्छ। जसलाई लाइकोपेनेमिया पनि भनिन्छ जुन क्यारोटेनेमियाको एक प्रकार हो। एन्टिअक्सिडेन्टसमेत रहेको लाइकोपीन पिग्मेन्ट पनि हो जसकारण धेरै फलफूल तथा तरकारीहरूको रङ रातो हुन्छ।
लाइकोपिनको अत्यधिक सेवनले छालाको रङमा परिवर्तन ल्याउन सक्छ। त्यस्तै, खरबुजामा धेरै प्राकृतिक चिनी हुने हुँदा विज्ञहरूका अनुसार चिनीको अत्यधिक सेवनले शरीरको तौल बढाउन सक्छ। तर, यो समस्या रातिमा पाचन प्रणाली सुस्त हुँदा मात्र हुन सक्छ । दिनको समयमा खरबुजाको सेवनले कुनै ठूलो हानिको सङ्केत गर्दैन ।