काठमाडौं- सन्तान प्राप्ति र परिवार पूर्णताको विषय निश्चय एक परिपक्क सोच, सुगठित योजना र अथक प्रयासको गोरेटो हो । यस्ता निर्णय लिँदा कुनै वीरता वा साहसको आवश्यकता पर्छ भन्ने कसले सोच्छ ? हाम्रो सोचाइमा महिला र पुरुषबीच शारीरिक सम्पर्क हुनु काफी छ। हाम्रो सामान्य सोंच ले भन्छ “त्यसमा के नै त्यस्तो जटिल छ ?”
सन्तान प्राप्तिको यात्रा सबैका लागि विशेष हुन्छ । संसारभरिको तथ्यांक अनुसार हरेक ८ दम्पतिमध्ये १ दम्पति यस्ता समस्याबाट भोगिरहेका हुन्छन् ।
आफ्नो कठिन परिस्थितिको बारेमा श्रीमान श्रीमतीबीच राम्रो कुराकानी स्थापित गर्नुपर्छ । दुबै जना मिलेर समाधानका लागि प्रयास गर्नुपर्छ । कहिलेकाहिँ दुबैका कारण सन्तान नभएको हुनसक्छ भने कहिले अज्ञात कारणहरुले गर्भ नरहेको हुन सक्छ। दुबैको सक्दो प्रयासबाट पनि सकारात्मक परिमाण आउन सकेन भने पनि अतालिनु हुदैँन ।
सन्तान प्राप्तिको खुशी अतुलनीय भएपनि बिहेको अर्थ सन्तान प्राप्तिमा मात्रै सिमित हुदैँन । आफूबीचको माया प्रेम र आफूहरुको साझा सपनाहरुका लागि एक अर्काको साहारा बनेर अघि बढ्नुपर्छ । धैर्य र विश्वास कायम राखे सन्तान प्राप्ति हुन सक्ने सम्भावना बढ्छ ।
नकारात्मक सोच, पिडा, चिन्ता आदिले मानसिक मात्र होइन, प्रजनन् क्षमतामा पनि ह्रास ल्याउँछ । त्यसैले आफूभित्र सकारात्मक सोचको विकास गर्नु जरुरी छ । हुन त महिलाका लागि आफ्नो जीवनमा मातृत्वको विशेष भूमिका हुन्छ तर त्यस संगै आजको युगमा महिलाले दिन सक्ने अरु योगदान को उच्च मुल्यांकन गर्दै, एउटा सार्थक जीवन जिउने प्रयास निरन्तर जारी राख्नुपर्दछ ।
विगतको मात्र विश्लेषण गरिरहने हो भने, समस्या झन् ठूलो हुँदै गएको महसुस सुरु हुन्छ र डिप्रेसनले विस्तारै सिकार बनाउन सुरु गर्छ । यस्तो बेलामा आफ्नो रुचि भएको विषयमा बढी ध्यान दिनुपर्छ । आवश्यक परेमा सामान्य दिनचर्याबाट केहि दिनको फुर्सद निकाल्ने र कतै घुम्न जानुपर्छ । जीवनका नयाँ लक्ष्यहरु निर्धारण गर्ने र आफ्नो प्रयासमा एउटा नौलो उत्साह थप्नुपर्छ ।
कहिलेकाँहि केहि कुराले पिडा हुनसक्छ । आफन्तहरुले बारम्बार बच्चा कहिले पाउने सोध्नु, कसैको पास्नीमा जाँदा कुरा चल्नु, महिलासमूहमा सबैले आफ्नो बच्चाकै कुरा धेरै गर्नु र मोबाइलमा पनि बच्चाहरुको चित्र आदानप्रदान गर्दा आघात पुग्न सक्छ ।
यस्ता समयमा आफूलाई अलि दह्रो हुने, यस्ता वातावरणबाट अलगै रहने वा यस्ता कुरालाई कम महत्व दिनु पर्छ । निरुत्साहित गर्ने सम्पूर्ण कुराहरुबाट टाढा बस्न सकिन्छ ।
स्वस्थ जीवनका लागि खानपान र ब्यायाम अति आवश्यक छन्। मानसिक पिडा वा हीन भावनाले समस्या भइरहेको अवस्थामा खानपान वा व्यायामलाई विर्सिदिन्छौँ जसले गर्दा समस्या झन् बल्झिन सक्छ । उचित खानपान र व्यायामले गर्दा बाँझोपन भइरहेको हुन सक्छ । यस्तो अवस्थामा खानपानमा सुधार गर्नु, लामो साँस फेर्नु, योग गर्नु, मसाज गर्नु अति लाभदायक हुन सक्छ ।
कहिलेकाहिँ स्वस्थ सम्बन्धि जटिल समस्याका कारण प्राकृतिक रुपमा सन्तान प्राप्त हुन सक्दैन । मानव शरीरभित्र बिभिन्न कारणहरुले गर्दा डिम्ब र शुक्रकिटको मेल हुन सक्दैन र सन्तान प्राप्ति हुँदैन । यस्तो अवस्थामा बाहिरी रुपमा तिनीहरुको मेल गरे पुन गर्भमा स्थापित गराइन्छ । यसकाका लागि उचित जाँच र उचित स्थानबाट सल्लाह लिनु जरुरी हुन्छ ।
मानव जीवन विशेष छ । यसै जीवनमा धेरै कुरा हासिल गर्नु छ । सन्तान प्राप्ति एउटा महत्वपूर्ण पाटो हो तर यही सम्पूर्ण कुरा होइन । धेरै चिन्ता गर्नुभन्दा उचित उपाय अपनाए सन्तान प्राप्ति सम्भव छ ।
(वास्तल्य नेचुरल आइभिएफ सेन्टरले तयार पारेको लेख साभार)