काठमाडौं । आलस हामीमध्ये धेरै जनाको पहुँचमा भएको खानेकुरा हो । तरपनि त्यसको विशेषताको बारेमा हामीमध्ये धेरै जनालाई थाहा नहुन सक्छ । अधिकांश व्यक्तिहरुलाई यसको फाइदाका बारेमा ज्ञान नहुन पनि सक्छ । आलसको प्रयोग कसरी गर्ने र कुन रोगका बिरामीहरुले यसको प्रयोग गर्न हुँदैंन भन्नेबारे जानकार भए फाइदाजनक हुन्छ।
यसलाई सुपर फुड भन्दा पनि म्याजिकल फुड भन्न राम्रो हुन्छ किनभने यसमा म्याजिकल हेल्थ बेनिफिट रहेको छ । हामी मध्ये जो कोहीले पनि यसलाई प्रयोग गर्न सक्छौं । यसमा ओमेगा थ्री नामक भिटामिन पाइन्छ । जसले रगतमा रहेको खराब कोलेस्ट्रोरेललाई नियन्त्रण गर्छ । रगतमा खराब कोलेस्ट्रारेलको मात्रा कम भएको अवस्थामा हामीलाई हृद्यघात र स्ट्रोकको जोखिम कम हुन्छ । हरेक दिन आलसको सेवन गर्नाले कोलेस्ट्रारेलको औषधि सेवन गर्नु परेन भने त्यो ठूलो कुरा हो । यसको सेवनले हुने अनगिन्ती फाइदाका कारण आफ्नो दैनिकीमा यसलाई अवश्य नै सेवन गर्नुपर्छ ।
आलस सेवनका फाइदाहरु
यसको सेवनले रगतमा कोलेस्ट्रोरेलको मात्रामा नियन्त्रण गर्छ । यसको नियन्त्रण भएसँगै हृदयघात तथा मस्तिष्कघातको सम्भावनालाई समेत कम गर्न सकिन्छ ।
आलसमा रहेको लिग्नान भन्ने प्रोटिनले एन्टिएक्सिडेटको काम गर्छ । एन्टिअक्सिडेन्ट भन्ने तत्वले क्यान्सर रोग लाग्नबाट जोगाउँछ ।
आलसको सेवन मेनोपजको समयका लागि पनि फाइदाजनक हुन्छ ।
यसमा फाइबरको मात्रा एकदमै धेरै हुने भएकोले यसले हाम्रो पाचन प्रणालीलाई पनि फाइदा हुन्छ ।
उच्च रक्तचाप तथा डायबिटिजका बिरामीहरुका लागि समेत यो फाइदाजनक हुन्छ ।
आलसको पाउडर दैनिक रुपमा सेवन गर्न सकिन्छ । यसलाई अन्य खानासँग मिलाएर खाएको अवस्थामा यसले खानाको स्वाद थप स्वादिलो बनाइदिन्छ । यसलाई विभिन्न तरिकाले खानामा मिसाएर पनि खान सकिन्छ ।
प्रयोगमा सावधानी
यदि आलसको सेवनले पखाला भएको अवस्थामा यसको मात्रा कम गर्न सकिन्छ । कसै कसैलाई आलसको सेवनले एलर्जी पनि हुनसक्छ । त्यस्ता व्यक्तिहरुले आलसको सेवन गर्नुहुँदैन ।
गाइनोसम्बन्धी विभिन्न समस्या भएकाहरुले यसको प्रयोग गर्नु हुँदैंन ।
गर्भावस्था तथा सुत्केरी बेलामा यसको प्रयोग गर्नु स्वास्थ्यका लागि हितकर हुँदैंन ।