काठमाडौं । बाथ तथा युरिक एसिड धेरै व्यक्तिहरुलाई हुँदैंन भन्ने सोचाई छ भने त्यो एउटा भ्रम मात्रै हो । बाथ धेरै व्यक्तिहरुमा हुन सक्ने समस्या हो । विशेषत ४० वर्ष नाघिसकेपछि पुरुषहरुमा बाथ तथा युरिक एसिडको समस्या बढ्ने गर्छ । ४० वर्ष नाघेको पुरुष हो र जोर्नी दुखेको छ भने बाथ रोग लागेको पनि हुनसक्छ ।
धेरै माछा, मासु तथा गेडागुडी खाँदा बाथ रोग लाग्छ भन्ने धेरैको धारणा रहेको छ । तर त्यस्तो विल्कुलै होइन ।बाथ रोग वंशाणुगत कारणले लाग्ने गर्छ । यदि परिवारका अग्रजहरुमा बाथ रोगको समस्या छ भने पनि बाथ रोग लाग्ने सम्भावना बढी हुन्छ ।
यसको साथ साथै युरिक एसिड किड्नीबाट बाहिर निस्कने भएकोले पनि किड्नी रोगीहरुमा पनि यसको समस्या बढी हुने गर्छ । खानपिनका कारण यो रोग लाग्ने सम्भावना नै नभएको त होइन तर खानपीन कै कारणबाट मात्रै यो रोग लाग्ने भन्ने होइन ।
खानपिनको दाँजोमा वंशाणुगत कारणले यो रोग लाग्ने सम्भावना बढी हुन्छ । बाथ रोगका सबैभन्दा बढी गोडाको बुढी औंलाको जोर्नी दुख्ने गर्छ । बाथ रोगीहरुमा गोडाको बुढी औंला अत्यन्तै दुख्ने, सुन्निने र रातो हुने दुख्ने गर्छ । कुनै कुनै बाथ रोगीहरुमा भने शरीरका अन्य जोर्नीहरु जस्तै एङकल, कुहिना तथा हातहरु दुख्ने गर्छ । यद्यपि बाथ रोगले सबैभन्दा बढी असर गर्ने जोर्नी गोडाको बुढी औंला नै हो ।
कतिपय बिरामीहरुले खानपानमा नियन्त्रण गरेको अवस्थामा यो रोग निको हुन्छ भनेर सोच्नुहुन्छ । खानपिनमा नियन्त्रण गरेको अवस्थामा यो रोग केही निको भए पनि पूर्णरुपमा निको बनाउनका लागि भने औषधि नै खानुपर्ने हुन्छ । औषधि खानका लागि खासै हिच्किच्हाट गर्नुपर्दैन । यसलाई नियन्त्रणका लागि विभिन्न कम्पनीका औषधिहरु नेपाली बजारमा पाइन्छ । चिकित्सकसँगको परामर्श बिना भने औषधि सेवन गर्नुहुँदैंन ।
बाथरोगका कारण जोर्नीको दुखाइ ५,७ दिनमा केही कम भएको जस्तो अनुभव भएपनि शरीरमा युरिक एसिडको स्तर भने उच्च नै रहेको हुन्छ । यस्तो अवस्थामा पटक पटक जोर्नी दुख्ने तथा किड्नीमा पत्थरी समेत हुन सक्छ । त्यसकारण बाथ रोगका लागि औषधि नै खानुपर्ने हुन्छ । औषधि नखाएमा त्यसले किड्नीमा असर गर्न सक्छ ।
बाथ रोगको औषधि बन्द गर्न सकिन्छ भन्ने भ्रम रहेको छ । यो रोगको औषधि पनि सुगर, प्रेसरको औषधि जस्तै हो । लामो समयसम्म यस रोगको औषधि सेवन गर्नुपर्ने हुन्छ । यदि पुरुषहरुमा बाथ रोग लागेको छ भने ६ एमजीभन्दा कमको औषधि लिनुपर्ने हुन्छ भने केटी मान्छेहरुका लागि भने ५ एमजीभन्दा कम लिनुपर्ने हुन्छ । यस अवस्थामा मात्रै बाथ रोग नियन्त्रित हुन्छ ।
बाथ रोगीहरुले मासु खानै हुदैंन भन्ने भ्रम रहेको छ । यस रोगका बिरामीहरुले माछा, मासुको सेवन कम मात्रै गर्ने भनेको हो । दही तथा दूध सेवन बाथ रोगीहरुका लागि फाइदाजनक हुन्छ ।