काठमाडौं । जाडो होस् अथवा गर्मी, सुन्दर देखिने चाहना सबैको हुन्छ। अहिले गर्मीको मौसम छ। यो मौसममा पनि हामी आफूलाई सुन्दर देखाउन सक्दो मेहनत गर्छौं। गर्मीमा कसरी मेकअप गर्ने भन्ने सम्बन्धमा हामी केही जानकारी प्रस्तुत गर्दैछौं।
-गर्मीमा ब्ल्याक आइलाइनर उपयुक्त हुन्छ । ब्ल्याक आइलानरबाट आँखालाई आफ्नो रुची अनुसार सजाउन सकिन्छ ।
-गर्मी मौसममा स्टे्रट हेयर स्टाइल राम्रो देखिन्छ ।
-गर्मीमा हल्का मेकअप नै उपयुक्त हुन्छ । कसै-कसैलाई त नो मेकअप पनि सुहाउँछ । सामान्य मेकअप गर्नका लागि ग्लस अथवा नेचुरल लिप कलर उपयुक्त हुन्छ ।
-गर्मी मौसममा ब्राइट ओरेन्ज लिपस्टिक पनि प्रयोग गरिन्छ ।
-ग्राफिक आइलाइनर पनि गर्मीमा राम्रै मानिन्छ ।
-गर्मीमा आफ्नो छालालाई पनि विशेष ध्यान दिनु पर्छ । त्यसका लागि सिरम्स, बेबी क्रिम तथा प्रँइमर्स आफूसंगै राख्नु पर्छ ।
-गर्मीमा पसिनाका कारण मेअअप पग्लिने डर रहन्छ । त्यसका लागि वाटरप्रुफ कंसिलर प्रयोग गर्नुपर्छ ।
-वाटरप्रुफ कन्सिलर प्रयोग गर्नुपर्छ । शरीरको जुन भाग खुल्ला हुन्छ, त्यहाँ यसको प्रयोग गर्नुपर्छ ।
-गर्मीमा मेकअप गर्नुअघि प्राइमर प्रयोग गर्नुपर्छ । यसले तपाईं आकर्षक देखिनु हुन्छ ।
-मेकअप गर्नुभन्दा अघि चिसो पानीले अनुहार धुनु पर्छ । यसबाट तपाईंको अनुहारमा लामो समयसम्म मेकअप टिक्छ ।