काठमाडौं । दूध पौष्टिक आहार हो । यस्तो स्थितिमा यसको उपभोग न केवल हड्डी बलियो बनाउन मात्रै गरिन्छ यो समग्र शरीरको विकासको लागि पनि यो प्रभावकारी हुन्छ ।
आँखाको स्वास्थ्यको लागि
बदामलाई दूधमा मिसाएर खानु आँखाको स्वास्थ्यको लागि पनि लाभदायक मानिन्छ । दूध र बदाममा भिटामिन ए र ईको मात्रा बढी हुन्छ । जसले मोतियाबिन्दु जस्ता समस्या हटाउन प्रभावकारी देखिन्छ । तर यो दृष्टि बढाउन र आँखाका अरु समस्या कम गर्न पनि यो प्रभावकारी छ ।
तौल घटाउन उपयोगी
बदाम र दूध वजन कम गर्न पनि प्रभावकारी हुन्छ । अक्सर मानिसहरुलाई थाहा हुँदैन कि बदाम र दूधले तौल पनि घट्छ । यी दुई खानेकुरामा क्यालोरीको मात्रा पर्याप्त हुन्छ । यसको उपभोगका कारण व्यक्तिहरुले धेरै पोषण प्राप्त गर्न सक्छन् र वजन पनि चाँडै कम गर्न सकिन्छ ।
पाचन प्रणालीमा सुधार
पाचन प्रणालीलाई बलियो बनाउन पनि बदाम र दूध उपयोगी हुने गर्छ । बदाम र दूधमा हुने फाइबरले पाचन प्रणालीलाई मात्र सुधार गर्दैन यसले कब्जियत, पेटमा हुने जलन, पेट दुख्ने जस्ता पाचन प्रणालीसँग सम्बन्धित धेरै समस्याहरु पनि यसका लागि उपयोगी छ ।
अनिद्राको समस्या हटाउनुहोस्
बदाम र दूध अनिद्राको समस्या हटाउन पनि प्रभावकारी हुन्छ । यी दुईको मिश्रण अनिद्राको समस्या हटाउन पनि उपयोगी हुन्छ ।
प्रतिरक्षा प्रणाली बढाउनुहोस्
बदाम र दूधको मिश्रण मान्छेको प्रतिरक्षा प्रणाली बढाउन पनि प्रभावकारी हुन्छ । यसमा हुने एन्टी–अक्सिडेन्ट, एन्टी–इन्फ्लेमेटरी गुणहरु पाइन्छ । साथै, यसभित्र पाइने भिटामिन डी र भिटामिन ई पनि प्रतिरक्षा बढाउन उपयोगी हुन्छन् ।
छाला र कपालको लागि उपयोगी
बदाम र दूधभित्र हुने फलामको मात्राले कपाल चम्किलो, बलियो, आकर्षक बनाउँछ । त्यस्तै, बदाम र दूध पनि कपालका लागि आवश्यक प्रोटिन ढुवानीको काम गर्ने गर्छ ।
यसबाहेक भिटामिन डी र भिटामिन ई बदाम र दूधभित्र पाइन्छ । जसले छालाको समस्यालाई हटाउन भूमिका खेल्छ । यदि तपाईं छाला र कपाल स्वस्थ बनाउन चाहनुहुन्छ भने खानामा नियमित दूध र बदामको मिश्रण जोड्नुहोस् ।