निलोकन व्हाईट भनेको के हो ?
परिवारको योजना गर्ने सुरक्षित र आधुनिक उपाय हो । प्रत्येक दिन निलोकन व्हाईट खाएमा, यो धेरै नै प्रभावकारी हुन्छ । निलोकन व्हाईट, पहिलो सन्तान ढिलो जन्माउन र सन्तानहरुबीच जन्मान्तर कायम राख्न प्रयोग गर्न सकिन्छ ।
निलोकन व्हाईटको प्रयोग कसरी गर्न सकिन्छ ?
प्याकेटमा देखाएको चिन्ह ऐरो भएको बिन्दुबाट पहिलो चक्की खानुपर्छ ।
दिनहुँ एउटै समयमा ऐरो चिन्हले संकेत गरे अनुसार एउटा चक्की खानुपर्छ । सेतो रंगका चक्कीहरु खाइसकेपछि, प्याकेट नसकिएसम्म खैरो रंगका चक्कीहरु खानुपर्छ ।
खैरो रंगका चक्कीहरु सकिएपछि ,तुरुन्तै अर्को दिनदेखी नयाँ प्याकेटबाट फेरी पहिलेकै क्रममा दिनहुँ चक्की खानुपर्दछ ।
निलोकन व्हाईटको प्रयोग कहिलेदेखी सुरु गर्नुपर्छ ?
निलोकन व्हाईट प्रयोग गर्नका लागि,शुरु गर्ने सबैभन्दा उत्तम समय भनेको महिनावारीको पहिलो ५ दिन भित्र हो । यदि तपाई आफू गर्भवती भएको छैन भन्ने कुरामा ढुक्क छ भने , निलोकन व्हाईट जुनसुकै समयमा पनि सुरु गर्न सकिन्छ तर यदि यसो गरेमा अर्को ७ दिन सम्म ढाल वा अन्य साधनको प्रयोग गर्न सकिन्छ । यो चक्की दिनहुँ खाने गर्नुपर्छ । यौन सम्पर्क नभएका दिनमा पनि यसको प्रयोग गर्नुपर्छ । यो चक्की सकेसम्म दिनहुँ एकै समयमा गर्नुहोस् ।
यदि चक्की खान बिर्सिए के गर्ने ?
यदि महिलाले एक वा दुई चक्की खान बिर्सिएमा सम्झने बित्तिकै खानुपर्छ । साविक समयमा सम्झना भए दुई चक्की एकै पल्ट खानु परेता पनि खाने , बाँकी चक्की सदा झै खाइरहनु पर्छ।
यदि महिनावारी चक्रको पहिलो वा दोस्रो हप्तामा तीन वा सो भन्दा बढी चक्की खान बिर्र्सिएमा , एक चक्की सम्झिने बित्तिकै खाइहाल्नुपर्छ । बाँकी चक्की खान सदा झै खाइरहनु पर्दछ ।
७ दिनसम्म सहवास गर्नु परेमा कन्डम प्रयोग गर्नुपर्छ ।
महिनावारी चक्रको तेस्रो हप्तामा तीन वा सो भन्दा बढी चक्की खान बिर्सिएमा
एक चक्की सम्झिने बितिकै खाइहाल्नु पर्छ ।
बाँकी चक्की सदा झै खाइरहनुपर्छ ।
सेतो चक्की सबै खाई सकेपछि आइरन चक्की नखाने ।
७ दिनसम्म अन्य थप परिवार नियोजन साधन प्रयोग गर्नुपर्छ । साथै यदि विगत ५ दिनमा यौनसम्पर्क भएमा आकस्मिक गर्भनिरोधक चक्की इकोन प्रयोग गर्नुपर्छ ।
निलोकन व्हाईट चक्कीले कसरी काम गर्छ ?
पुरुषको शुक्रकीट र महिलाको डिम्ब भेट भएपछि गर्भ रहन्छ । यदि निलोकन व्हाईट दिनहुँ खाएमा , यसले प्रत्येक महिना डिम्बासयबाट डिम्बलाई निष्काशन हुनबाट रोक्दछ । यदि कुनै पनि डिम्ब निष्काशन भएन भने गर्भवती हुन सकिदैन।
निलोकन व्हाईटको प्रयोग गरिरहँदा भविष्यमा सन्तान जन्माउन सकिन्छ ?
अवश्य सकिन्छ । परिवार नियोजनका चक्कीहरुको प्रयोगले भविष्यमा सन्तान जन्माउन रोक्दैन । जब सन्तानको चाहना हुन्छ तब चक्की खान छोड्नपर्ने हुन्छ । केही महिनापछि गर्भ बस्न सक्छ।
निलोकन व्हाईटकको प्रयोग कतिको सुरक्षित छ ?
धेरैजसो महिलाहरुले प्रयोग गर्नका लागि, निलोकन व्हाईट सुरक्षित छ । यो महिलाको शरीरको लागि उपयुक्त र सुहाउँदो हुन्छ । यस्तो चक्कीको प्रयोग संसारभरी करोडौं महिलाहरुले गर्दै आइरहेका छन् । यो चक्की उपयुक्त भए नभएकोबारे स्वास्थ्यकर्मीसँग सल्लाह गर्नुहोपर्छ ।
कस्ता महिलाहरुले निलोकन व्हाईटको प्रयोग गर्नुहुँदैंन ?
तल उल्लेखित अवस्था भएका महिलाहरुका लागि निलोकन व्हाईट उपयुक्त हुँदैंन
गर्भवती भएमा ।
६ हप्तादेखि ६ महिनासम्मको उमेरको बच्चालाई दूध खुवाउँदै गरेका ।
धुम्रपान गर्ने ।
उच्च रक्तचाप भएका महिला ।
कडा टाउको दुख्ने महिलाले प्रयोग गर्न नहुने ।
विगत वा वर्तमानमा स्तन क्यान्सर भएका महिला ।
वर्तमानमा कलेजोसम्बन्धि रोग भएका ।
निलोकन व्हाईट कतिको प्रभावकारी छ ?
यदि सही तरिकाले प्रयोग गरिएमा, निलोकन व्हाईट ९९ प्रतिशत प्रभावकारी हुन्छ ।
फाइदाहरु
अनिच्छित गर्भबाट जोगाउँछ ।
पूर्ण रुपमा तयार भएपछि मात्रै सन्तान जन्माउन सकिन्छ ।
केही किसिमका महिलासँग सम्बन्धित , क्यान्सर र अन्य अवस्थाहरु जस्तै डिम्बबाहिनी नली बाहिर रहने गर्भ , पाठेघर र डिम्बासयको क्यान्सर , पाठेघर सुनिने,र स्तन रोगको जोखिमबाट जोगाउँछ ।
महिनावारी नियमित तथा सामान्य हुनुका साथै महिनावारीको रक्तस्राव र दुखाईलाई पनि कम गराउन सक्छ ।
फलामको कमीबाट हुने रक्त अल्पताबाट जोगाउन सक्छ ।