पनिर एउटा यस्तो स्वादिष्ट पौष्टिक पदार्थ हो, जसले गर्दा हाम्रो भोजमा यसको महत्वपूर्ण स्थान रहेको छ । पार्टी सानो होस् वा ठूलो पनिरको हरेक पार्टीको शोभा बढाइदिन्छ । दूधबाट बन्ने भएकाले पनिरमा भिटामिन, क्याल्सियम, फस्फोरस, प्रोटिन, जिंकजस्ता पौष्टिक पदार्थ पाइन्छ ।
यदि पनिर क्रिमयुक्त दूधबाट बनेको छ भने यसमा चिल्लोको मात्रा धेरै हुन्छ तर यदि स्किम्ड दुधबाट बनेको पनिरमा चिल्लोको मात्रा अत्यन्त कम हुन्छ । चिल्लोको मात्रा कम भएको पनिरमा ३० ग्राम प्रोटिन, ८ ग्राम कार्बोहाइड्रेट र चिल्लो केवल १ ग्राम मात्र हुन्छ । यही कारणले गर्दा रोगी व्यक्तिले पनि स्किम्ड मिल्क बनेको पनिर सेवन गर्न सक्छन् ।
पनिरबाट बनेका परिकार
मसालेदार पनीर कटलेट
सामग्री :
पनिर (आवश्यकता अनुसार),
एक कप बेसन,
रातो खुर्सानीको धूलो,
चाट मसाला, गरम मसाला,
एक चिम्टी धनियाँ,
स्वाद अनुसार नुन,
फ्राइको लागि तेल,
चिली सस ।
बनाउने तरिका
सबैभन्दा पहिले ब्याटर बनाउनको लागि बेसनमा नुन हाल्ने। त्यसपछि एक चम्चा रातो खुर्सानीको धुलो, धनियाको धुलो, गरम मसाला, चाट मसाला मिसाउने। एक चम्चा बेसार पनि हाल्ने। बेसारहालेपछि बिस्तारै पानी हालेर ब्याटर बनाउने। ब्याटर बनाउँदा ध्यान राख्नुपर्छ कि यसमा डल्लो नबनोस्। र यो धेरै पातलो हुनु हुँदैन।
पनिरलाई आफूलाई मन लागेको आकारमा काट्ने। चीजको टुक्रालाई अलिकति राख्नुपर्छ।
सबै पनिरको टुक्राहरूको बीचबाट हल्का चीरा बनाउनुहोस् र यसमा हरियो चटनी वा चिली सस भर्नुहोस्। यसले पकोडालाई मसालेदार र स्वादिष्ट बनाउनेछ।
त्यसपछि पनिरलाई अगाडी बनाएको ब्याटरमा पनिरका टुक्राहरुलाई मोल्ने। मोलि सकेपछि फ्राइप्यानमा तेल हाल्ने र पनिरलाई मन्द हिटमा पकाउनुपर्छ ।
यसरी तपाइको पनीर कटलेट तयार हुन्छ । टमाटर सससँग तातो तातो पनिर कटलेट खान सकिन्छ ।
पनिर सेडविच
२ सय ५० ग्राम फाटेको दूधको छोक्रालाई हातले दलेर मसिनो पार्ने । यसमा दुई ठूलो चम्चा पिसेको चिनी मिसाउने । एउटा भाँडोमा १–२ इन्च मोटो तह पारेर राख्ने । यसमा काटेको तरकारी छर्कने त्यसमाथि एक तह मोटो पनिर लगाउने यसरी सबै चीज हालेपछि त्यो भाडोको बिर्को लगाइदिने । यो भाडोलाई प्रेसर कुुकरमा सिटी नलाई १०र१५ मिनेटसम्म स्टिम गर्ने । चिसो भएपछि काटेर सेन्डविचको आकार दिने ।
पनिर रोल
२ सय ग्राम पनिर, १ सय ग्राम मावा, १ सय ग्राम नरिवल कोरेको ३ ठूलो चम्चा पिसेको चिनी, २ सानो चम्चा कोको पाउडर र २ ठूलो चम्चा वटर, १ ठूलो चम्चा पिसेको चिनी ।
बटर, चिनी र कोको पाउडर मिसाएर फिट्ने । पनिर मावालाई कोरेर नरिवल र चिनीसँग मिसाउने, पनिर मिश्रणलाई रोल बनाएर वटर, कोको मिश्रणले वभर गर्ने । बटरमा फ्रिजमा १५ मिनेटसम्म राख्ने । बटर जमेपछि बीचबाट काट्ने । पेपर कपमा सजाएर सर्भ गर्ने ।
पनिर स्ट्रा
पनिरलाई हत्केलाले माडेर मसिनो गर्ने ।यसमा अलिकति टुक्रा पारेर काटेको सिमलामिर्च मिसाउने । एक चिम्टी पिनेको मरिच र नुन मिसाउने । ब्रेडस्लाइसको किनारा काटेर त्यसलाई बेल्नाले बेरेर पातलो बनाउने पनिरको मसला ब्रेडस्लाइसमा लगाएर रोल गर्ने । कुनै सफा धागोमा बाधेर २–३ मिनेटका लागि ओभनमा सेक्ने । कुरकुने पनिर स्ट्रालाइृ चियाको साथमा सर्व गर्न सकिन्छ ।
टेस्टी पनिर टिक्का
२ सय ५० ग्राम पनिरलाई चारपाटे टुक्रामा काटेर २ ठूलो चम्चा भुटेको बेसन, १ सानो चम्चा धुलो खुर्सानी, १ सानो चम्चा अदुवा लसुनको लेदा, २ ठूलो चम्चा दहीलाई मिसाएर फिटने र यो मिश्रणलाई पनिरको टुक्रामा लटपटाउने र सुइरोमा सिउरेर कडा हुने समय सम्म ओभनमा सेक्ने ।
पनिरका विभिन्न परिकार तयार गरेर आफ्नो दैनिक भोजनमा पनिरको सेवन गर्नुपर्छ । किनभने पनिरमा पौष्टिक तत्वहरू पर्याप्त मात्रामा पाइन्छ ।