काठमाडौं । ओठ हाम्रो शरिरको एकदम कोमल अंग हो । जाडो होस् या गर्मी मौसम यदी हामीले ओठ्को ख्याल गरिएन भने ओठ् फुट्ने गर्दछ ।
ओठ्मा चिल्लो पदार्थको कमीको कारणले पनि फुट्ने वा सुक्ने गर्दछ। फुटेको ओठ्ले हाम्रो सुन्दरतामा पनि कमी ल्याउँछ । नियमित हेरचाह एवं घरेलु उपचारबाट ओठ् फुटेको निको पार्न सकिन्छ । सबैभन्दा पहिले ओठ किन फुट्छ भन्ने कुरा बुझ्नुपर्छ । गर्मीमा धेरै गरम एवं सुख्खा हावाका कारणले पनि ओठ फुट्ने गर्दछ ।
– ओठ सुक्दा जब बारम्बार जिब्रो भिजाइन्छ तब र्यालले ओठको नरमपन सोस्छ । यसबाट ओठमा पाप्रा बन्छ।
– ओठलाई नरम राख्ने कुनै ग्रन्थि हुँदैन । तातो हावामा सुख्खापन हुन्छ, जसका कारण ओठ फुट्छ । ओठ बढी फुट्छ भने त्यो डिहाइड्रेसनको संकेत हो ।
– ओठलाई ठीक तरिकाले सनस्किनबाट सुरक्षा प्रदान गरिएन भने ओठ फुट्छ।
– गर्मीमा धूलो, माटो तथा प्रदूषणका कारण पनि ओठ फुट्छ।
– जब सास फेरिन्छ तब तातो हावा ओठबाट बाहिर आउँछ, यसका कारण लिप क्रेज हुन्छ।
– केही टुथपेस्ट पनि ओठको छालालाई सुट गर्दैन। यस्तोमा ओठ फुट्छ।
– कतिपय अवस्थामा अमिलो फल, जुस, सस आदिले ओठमा एलर्जी सिर्जना गर्छन् जसबाट पनि ओठ फुट्ने सम्भावना हुन्छ।
– केही औषधिको सेवनबाट पनि ओठ फुट्छ । त्यसैले ती औषधि सेवन गर्दा प्रशस्त मात्रामा तरलपदार्थ, जुस, पानी आदि सेवन गर्नुपर्छ।