गर्मी मौसममा मानिसको रोग प्रतिरोधी क्षमता एकदमै कम हुने गर्छ । कमजोर प्रतिरोधी क्षमताका कारण गर्मीमा मानिसलाई चाँडै नै रोगले सताउने गर्छ । गर्मीको समयमा पानीजन्य रोगहरु बढ्ने गर्छ । गर्मीमा सरुवा रोगको संक्रमण अन्य समयमा भन्दा धेरै नै हुने गर्छ । गर्मीमा आउने स्वास्थ्य समस्याहरुबाट बँच्न खानपान तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ।
गर्मीमा खानेकुरा खानु अगाडि हात राम्रोसँग हाल धुनु आवश्यक हुन्छ ।हामीले खाइरहेको पानी स्वच्छ, सफा र खानयोग्य छ छैन भनी थाहा पाउनु आवश्यक हुन्छ गर्मी मौसममा झिगाँ , लामखुट्टे जस्ता परजीवीहरु धेरै नै हुने भएकोले खानेकुरा राम्रोसँग भण्डारण भए नभएको थाहा पाउनु आवश्यक हुन्छ ।
गर्मीमा सरुवा रोगको अलाबा अन्य प्रकारका इन्फेक्सनहरु समेत हुने गर्छ । गर्मीमा शरीरमा रहेको पानीको मात्रा पसिनाको माध्यमबाट बाहिर जाने भएकोले पर्याप्त मात्रामा पानीको पिउनु आवश्यक हुन्छ । शरीरको तौल अनुसार पानी पिउनुपर्ने हुन्छ ।
गर्मीमा कस्तो खानेकुरा खाने ?
गर्मीमा पानीको मात्रा धेरै भएका खानेकुरा खानुपर्ने हुन्छ । गर्मीमा पाचन प्रणाली समेत कमजोर हुने भएकोले फलफूलको सेवन गर्नु फाइदाजनक हुन्छ । फलफूलका अतिरिक्त काक्रँो, गाँजर लगायतका खानेकुरा गर्मीका लागि स्वस्थकर मानिन्छ । गर्मीमा खानु फाइदाजनक हुन्छ ।
यसमा पानीको मात्रा भरपूर हुन्छ र यसले शरीरलाई चिसो बनाउँछ अनि शरीरबाट विषाक्त तत्त्व बाहिर निकाल्छ। आरुले शरीरको अग्निमा सुधार ल्याई भोक बढाउँछ र पाचन पनि दह्रो बनाउँछ । अमलाको रस भिटामिन सीको राम्रो स्रोत हो र यसले पित्तलाई सन्तुलनमा राख्छ । यो एन्टीअक्सिडेन्ट पनि हो र गर्मीमा यो महत्त्वपूर्ण पेय पदार्थ हो ।
कागतीको रसले शरीरमा पानीको मात्रा कायम राख्न मद्दत गर्छ । नीमको रस तीतो हुन्छ र यसले गर्मीमा छालाको संक्रमण घटाउन मद्दत गर्छ । बुर्काउली, फर्सी, हरियो सागपात, लौका पनि गर्मीमा स्वस्थ राख्न मद्दत गर्ने खानेकुरा हुन् ।
गमीमा कस्तो रोग बढ्छ
यस समयमा ज्वरो आउने, रुघाखोकी लाग्ने, डाइरिया हुने जस्ता समस्या देखापर्न सक्छ। पाचनयन्त्र कमजोर हुने र खानेकुरा सजिलै नपच्ने भएकोले पनि अरू बेलाभन्दा यो समयमा धेरै समस्या हुन्छ। डिहाइड्रेसन,फुड प्वाइजन,आँखाको समस्या समेत गर्मीमा बढ्ने गरेको पाइन्छ । अत्याधिक गर्मी बढ्दा मानिसहरु बेहोस् हुने समस्या समेत बढ्ने गर्छ ।
यो समयमा विभिन्न किसिमका संक्रमणको डर हुन्छ। खानेकुरा चाँडै सड्ने र त्यसैमाथि झिङ्गा, लामखुट्टे, साङ्ला पनि धेरै पाइने भएकोले पनि यो समयमा संक्रमणको जोखिम धेरै हुन्छ।
कस्तो सावधानी अपनाउने ?
-खुला हावा आउजाउ गर्ने कोठामा बस्नुपर्छ । जति सकिन्छ, आराम गर्नुपर्छ ।
-हल्का र सुपाच्य खानेकुरा खानुपर्छ ।
-दूध, चिया, जुस पिउनुपर्छ । तर, भुटेको, तारेको, मसलेदार खानेकुरा खानु हुन्न ।
-धेरै शारीरिक श्रम गर्नु हुन्न ।